coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

काठमाडौं—अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका छन्।

मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले वृद्धि शुल्क फिर्ताको माग गदै प्याब्सन र एनप्याब्सन कार्यालयमा तालाबन्दी गरेका हुन्।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालयले मनोमानी शुल्क लिएको आरोप लगाउँदै तिनलाई कानुनी दायरामा ल्याउनका लागि तालाबन्दी गरिएको बताइन्। प्याब्सनको डिल्लीबजारस्थित र एनप्याब्सनको कुपन्डोलको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो।

प्याब्सनका ७३ जिल्ला र एनप्याब्सनका ४० जिल्लामा कार्यालय छन्। प्याब्सनका महासचिव राजेन्द्र बानियाँले तत्काल दुई पक्षलाई राखेर तालाबन्दी खुलाउन सरकारसँग माग गरे। वृद्धि शुल्क फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनले देशभरका निजी विद्यालयको लेखा र प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए। रासस

प्रकाशित: १४ वैशाख २०७४ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App