७ वैशाख २०८१ शुक्रबार
राजनीति

अन्तर्राष्ट्रिय समुदायद्वारा मताधिकारको सम्मान गर्न आग्रह

काठमाडौं – अन्तर्राष्ट्रिय समुदायले वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनप्रति चासो देखाउँदै नेपालको संविधानले नेपाली जनतालाई प्रदान गरेको ‘मतदान अधिकार’को सम्मान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

काठमाडौंस्थित अष्ट्रेलिया, विश्व बैंक, डेनमार्क, जर्मनी, युरोपेली युनियन, फिनल्याण्ड, फ्रान्स, नर्वे, बेलायत, अमेरिका र संयुक्त राष्ट्रसंघको कार्यालयले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै २० बर्षपछि हुन लागेको स्थानिय निर्वाचनप्रति चासो व्यक्त गरेका हुन्।

काठमाडौंमा रहेका ११ राष्ट्र तथा दातृ निकायका प्रतिनिधिहरुको तर्फबाट संयुक्त राष्ट्रसंघको कार्यालयले उक्त विज्ञप्ति जारी गरेको हो । विज्ञप्ति शान्तिपूर्ण, समावेशी, धेरैभन्दा धेरै सहभागी हुने र विश्वासनीय निर्वाचन प्रक्रियामा सघाउन आँफूहरु तयार रहेको समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

‘स्थानित निर्वाचन नभएको दुई दशक भइसकेको छ । नेपालीहरु निर्वाचन मार्फत आफ्नो स्थानिय प्रतिनिधिहरु छान्न आतुर छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रलाई तल्लोतहबाटै जिवन्तता प्रदान गर्न र सरकारको उत्तरदायित्व मजबुत बनाउन स्थानिय निर्वाचन महत्वपूर्ण मानिन्छ ।’

निर्वाचनको मिति नजिकिदै गर्दा जतिसक्दो धेरै जनता सहभागी गराउनको लागि राजनीतिक सहमति  गर्न उनीहरुले सबै पक्षलाई प्रोत्साहीत गरेका छन् । वृहत्त राजनीतिक सहमतिले निर्वाचनको विश्वानीतया बढाउनुको साथै संविधान कार्यन्वयन गर्न सघाउने उनीहरुले बताएका छन्।

‘हामी सबै पार्टीहरुलाई नेपालको संविधानले प्रदान गरेको वैयत्तिक मतदानको अधिकार, शान्तिपूर्ण रुपमा भेला हुने र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय समुदायले सुरक्षा कर्मीहरुलाई ड्युटीमा रहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरुको पालना गर्न समेत आग्रह गरेका छन्। 

प्रकाशित: १४ वैशाख २०७४ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App