coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकपमा भिडियो रेफ्री पक्का

सान्टियागो(एएफपी)– फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बुधबार अर्को वर्ष रसियामा हुने विश्वकपमा पहिलो पटक भिडियो सहायक रेफ्री प्रयोग गरिने स्पष्ट पारेका छन्।

‘हामी २०१८ विश्वकपमा भिडियो रेफ्रीको प्रयोग गर्छांै र यसबाट सकारात्मक नतिजा निस्कने विश्वास गर्न सकिन्छ,’ सान्टियागोमा भएको दक्षिण अमेरिकी फुटबल महासंघको कंग्रेसलाई सम्बोधन गर्दै इन्फान्टिनोले भने, ‘रंगशालामा बसेका दर्शक होस् या घरमा बसेर हेर्ने दर्शकले रेफ्रीले गरेको गल्ती एकैछिनमा थाहा पाउनेछन् । र हामी यो अवस्थामा रहन सक्दैनौं जहाँ रेफ्री एकलाई मात्र त्यो थाहा नहोस्।’

फिफाअन्तर्गतको प्रतियोगितामा भिडियो सहायक रेफ्रीको पहिलो प्रयोग गत डिसेम्बरमा गरिएको थियो। जापानमा सम्पन्न क्लब विश्वकपमा यसको औपचारिक प्रयोग गरिएको हो।

रंगशालाको चार स्थानमा भिडियो रिप्ले रहन्छ जहाँ गोल, पेनाल्टी, रातो कार्ड र अन्य गल्तीबारे पत्ता लगाइन्छ । इन्फान्टिनोले यसअघि पनि विश्वपकमा भिडियो रेफ्री राख्ने इच्छा प्रकट गर्दै आएका थिए । उनले यसका केही नकारात्मक पक्ष कम गर्नुपर्ने बताउँदै आएका थिए। जसमध्ये यसले निर्णय प्रक्रियामा पार्ने ढिलाइ पनि सामेल थियो । तर यो तालिमको अवस्थामा मात्र ढिलाइ हुने उनको तर्क थियो ।

‘यसको निरन्तर प्रयोगपछि रेफ्रीले छिटोभन्दा छिटो निर्णय गर्न सक्छन्,’ इन्फान्टिनोले थपे ।

दक्षिण अमेरिसकी फुटबल महासंघले ब्राजिलमा हुने २०१९ को कोपा अमेरिका प्रतियोगितामा सहभागिता बढाउने जनाएको छ । सहभागी संख्या १२ बाट १६ पु¥याउने प्रस्ताव गरिएको उपाध्यक्ष अर्टुरो सलाहले बताए । यसमा युरोपियन राष्ट्रलाई पनि समावेश गर्न सुझाव दिइएको छ ।

‘युरोपियन टोली सम्मेलित कोपा अमेरिका विश्वकप जस्तो हुन्छ । यो अर्को बहसको विषय हो,’ फिफा अध्यक्ष इन्फान्टिनोले भने ।

 

 

 

 

प्रकाशित: १५ वैशाख २०७४ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App