८ वैशाख २०८१ शनिबार
समाज

दमकमा पाँच सयको नक्कली नोट भेटियो

दमक – झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो । 

मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर्दा सक्कली झैँ देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताए । 

उनले कर बुझाउँदा मात्र त्यो नोट नक्कली भएको भन्दै फर्काइ दिएपछि थाहा पाएको बताए । त्यस नोटलाई उनले सुरक्षित राखेका छन्। दमकमा पाँचसय दरका नेपाली नक्कली नेपाली नोट भित्रिएको हुनसक्ने उनले आशङ्का गरे । 

गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ २०– ४७६७९९ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलो भएको पाइएको छ । केही दिन अघि मात्र पोखरालगायत सहरमा नक्कली नेपाली नोट भेटिएको र त्यसै गिरोहले पूर्वका बजारसम्म पनि त्यस्ता नोट भित्र्याएको हुनसक्ने अनुमान स्थानीयवासीको छ । रासस

प्रकाशित: १५ वैशाख २०७४ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App