coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भर्ना शुल्क बढाएको विरोधमा आन्दोलन

कोहलपुर – निजि तथा संस्थागत विद्यालयले २० देखि ४० प्रतिशतसम्म भर्ना शूल्क बढाएको विरोधमा शुक्रबारबाट बाँकेमा विद्यार्थी संगठनले आन्दोलन गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनहरूले आजबाट बाँकेमा चरणबद्ध आन्दोलनका घोषणा गरेका छन् । 

पहिलो दिन शुक्रबार बिहान १० बजेदेखि जिल्ला शिक्षा कार्यालय घेराउ गरिने अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुल्सीमणी केसीले जानकारी दिए । चर्को भर्ना शुल्क नरोक्दासम्म आन्दोलन जारी रहने बताएको छ । चरणबद्ध आन्दोलन अन्तर्गत निजि विद्यालयका प्रशासन, लेखामा तालाबन्दी, विरोध र्याली, शैक्षिक संस्था बद लगायतका कार्यक्रम रहेका छन् । 

विद्यार्थी संगठनका अनुसार बाँकेमा गतवर्षको शुल्क भन्दा २० देखि ४० प्रतिशत शूल्क बढाइएको छ । बाँकेमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु र  कांग्रेस निकट नेविसंघले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । 

प्रकाशित: १५ वैशाख २०७४ ०५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App