coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भीरबाट लडेर एकको मृत्यु

पाल्पा – रैनादेवी छहरा गाउँपालिका–४ छहरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । साविक छहरा गाविसको मेहलढाप सुकदहका ६१ वर्षीय मानबहादुर सारुको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दिउँसो घरबाट हिँडेका मानबहादुर अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । स्थानीय बासिन्दा र ईलाका प्रहरी मुझुङको प्रहरी टोलीले राती तीन बजे शव फेला पारेका थिए । उनको टाउको र हातमा चोट लागेको छ । उनलाई बोकागैरा भन्ने स्थानमा बाटोबाट १५ मीटर तल मृत अवस्थामा भेटिएको हो । बिहिबार बजारबाट घर फर्कने क्रममा उनी लडेको बताईएको छ । 

रातीको समयमा मदिरा सेवन गरेका कारण भीरबाट खसेको हुनसक्ने अनुमान गरिएको छ । मानबहादुरको शवलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल तानसेनमा ल्याईएको छ । 

 

प्रकाशित: १५ वैशाख २०७४ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App