coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङको हलेसीमा आगलागी हुँदा ५ घर र गोठ नष्ट

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आगलागी हुँदा ५ घर लजेर नष्ट भएको छ । विद्युत सर्ट हुँदा सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका प्रेम केसीको दुई वटा घर, प्रेम कट्वालको घर र गोठ, गोपाल केसीको घर र गोठ, कुमार केसीको घर तथा लिला केसीको गोठ जलेर नष्ट भएको हो ।

 बिहीबार भएको आगलागीमा प्रेम कट्वालको ४ चौपाय समेत मारिएको छ । प्रेम केसीको घरबाट सुरु भएको आगोले १५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो ईलाका प्रहरी कार्यालयका प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । 

यस्तै, घरमा गाईबस्तुका लागि खोले पकाउनेक्रममा लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका मजित गुरुङको घर पनि जलेको छ । ढुंगा माटोले बनेको घर जल्दा गुरुङको ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीमा गुरुङको एउटा गाई जलेर मरेको छ । 

प्रकाशित: १५ वैशाख २०७४ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App