coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

दक्षिण कोरियामा एक नेपाली युवाको मृत्यु

तस्बिर : फेसबुक

खोटाङ – दक्षिण कोरियाबाट घर फर्कन लागेका एक नेपाली सुतेकै ठाउँमा मृत फेला परेका छन् । वैसाख २९ गते स्वदेश फर्कन लागेका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका ३१ वर्षीय कल्याण राई सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

 स्वदेश फर्कनका लागि टिकट काटेर तयार परेका राई बिहीबार कोरियाको खङजुस्थित अपार्टमेण्टमा सुतेकै अवस्थामा मृत फेला परेको आफन्तले बताएका छन् । ५ वर्षअघि वैदेशिक रोजगारीका लिसिलामा दक्षिण कोरिया पुगेका राईको मृत्युको कारण खुल्न सकेको छैन्। 

कामबाट फर्केर अपार्टमेण्टमा सुतेका राईलाई बिहान पुःन काममा जानका लागि साथीहरुले उठाउन जाँदा उनी मृत भेटिएका थिए । मृतक राईका बुवाआमा, ४ जना दिदीबहिनी र एक जना भाइ छन् । उनले काठमाडौं र उदयपुरको गाईघाटमा जग्गा खरीद गरिसकेका आफन्त फ्रेम्टन राईले बताए । लामो समयसम्म प्रदेशमा बसेर फर्कन लागेका राईको १४ दिन अगावै भएको मृत्युले परिवार शोकमा डुबेको छ । 

ड्युटीबाट आएर आराम गरेकै ठाउँमा राईको मृत्यु भएको जानकारी आएको आफन्त प्रेम राईले बताए । ‘चार दिन अघि मात्र फोन गरेको थियो, वैसाख २९ गते आउँछु भनेको थियो,’ राईले भने, ‘तर अचानक मृत्युको खबर आयो ।’ मृतकको शव चाँडो ल्याउनका लागि पहल भइरहेको छ । 

 

प्रकाशित: १५ वैशाख २०७४ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App