coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलोम्बियामा भवन भत्किँदा पाँचको मृत्यु

बोगोटा –  उत्तरी कोलोम्बियाको क्यार्टेगेना सहरमा निर्माधिन अवस्थामा रहेको एक भवन बिहीबार भत्किँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय समाचार समितिले जानकारी दिएको छ । 

करिब ६ तले भवनको संरचना गर्न लागिएको निर्माधिन अवस्थामा रहेको सो भवन भत्किएर भएको दुर्घटनामा परी करिब १७ व्यक्ति घाइते भएका छन् भने, अन्य २० जना भवनको भग्नावशेषमा नै फसेको अनुमान गरिएको छ । 

भत्किएको भवन भग्नावशेषबाट उद्धारकर्ताहरु र रेडक्रसका कार्यकर्ताहरुले जीवितै व्यक्तिको उद्धार गर्ने कोशिसमा रहेका जनाइएको छ । 

क्यार्टेगेना अग्नी नियन्त्रण विभागका अनुसार हालैका दिनहरुमा परेको भीषण बर्षाको कारण सो भवनको संरचना कमजोर भएको कारणले गर्दा भवन भत्किएको हो ।

प्रकाशित: १५ वैशाख २०७४ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App