७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मोदीलाई 'मेन्सन' गरेर विमान अपहरण भएको ट्विट गर्ने यात्रु पक्राउ

नयाँ दिल्ली— जेट एयरवेजमा यात्रा गरिरहेका एक यात्रीलाई उनले गरेको ट्विटका कारण भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्। ती यात्रुले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्रलाई मेन्सन गरेर विमान अपहरणमा परेको उल्लेख गरेका थिए। विमान जयपुरमा अवतरण गर्नासाथ ट्विट गर्ने यात्रु खोज्न थालेका थिए। सुरक्षाकर्मी विमानभित्र प्रवेश गर्दा ट्विट गर्ने ती व्यक्ति आनन्दसँग कानमा एयरफोन लगाएर गीत सुनिरहेका थिए।

उनको फ्लाइट मुम्बईबाट तीन घन्टा ढिलोगरी ११:३० बजे उडेको थियो। त्यसपछि डाइभर्ट भएको जहाजले उनलाई दिल्लको साट्टा जयपुर पुर्‍याएको थियो। फ्लाइट २:३० बजेदेखि ४ बजेसम्म जयपुर विमानस्थलमै रोकियो।

मुम्बईबाट दिल्लीका लागि उडेको सो विमान मौसमको खराबीका कारण जयपुर डाइभर्ट भएको थियो। डाइभर्ट भएको सो विमानभित्र ३५ वर्षीय नितिन वर्मा पनि सवार थिए। उनको फ्लाइट मुम्बईबाट तीन घन्टा ढिलोगरी ११:३० बजे उडेको थियो। त्यसपछि डाइभर्ट भएको जहाजले उनलाई दिल्लको साट्टा जयपुर पुर्‍याएको थियो। फ्लाइट २:३० बजेदेखि ४ बजेसम्म जयपुर विमानस्थलमै रोकियो। त्यसपछि आक्रोशित बनेका उनले प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्यान्डल मेन्सन गर्दै भनेका थिए, ‘हामी तीन घन्टादेखि जेट एयरवेजको जहाजमा यात्रा गरिरहेका छौं। ९डब्लु३५५ नम्बरको यो फ्लाइट अपहरण भएजस्तो छ’, उनले लेखेका थिए।

यो सूचना जयपुर विमानस्थले पाउना साथ त्यहाँ हल्लीखल्ली मच्चिएको थियो। विमानस्थल सुरक्षा गार्ड तथा प्रशासनले सतर्कता बढाएको थियो।

वर्मालाई फ्लाइटबाट उतारेर सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो। जाँचपछि विमान दिल्लीका लागि उड्यो। प्रहरीका अनुसार उनी महाराष्ट्र निवासी हुन् र गुडगाउँमा जागिर खान्छन्।

पक्राउ परेका उनलाई शुक्रबार अदालतमा पेश गरिँदैछ।

प्रकाशित: १५ वैशाख २०७४ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App