८ वैशाख २०८१ शनिबार
समाज

महानगरको साइनबोर्डहरुमा निर्वाचन विरोधी नारा लेख्ने पक्राउ

चितवन – भरतपुर महानगरपालिका र तीनवटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचन विरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गएराति भरतपुर महानगरपालिका, महानगरको वडा नं १, ५, १८ र १९ संयुक्त वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, कथित निर्वाचन बहिष्कार गरौँ, जनसत्ता स्थापना गरौँ’ जस्ता नारा लेखिएका थिए । उक्त कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भरतपुर–१८ का तिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । 

थापाका अनुसार श्रेष्ठले आफ्नो ना२प १४२४ नंको मोटरसाइकलमा अर्का एक व्यक्तिलाई राखेर साइनबोर्डमा कालो पोत्दै हिँडेका थिए । 

प्रहरी प्रमुख थापाले निर्वाचन विरोधी अभियान हुन नदिन थप सुरक्षा सतर्कता अपनाइएको बताए । रासस 

प्रकाशित: १५ वैशाख २०७४ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App