पाँचथर– फिदिम नगरपालिका– १२ नागिनमा गत दुई हप्तादेखि बिजुली–बत्ती अवरुद्ध भएका कारण त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।
नागिनमा रहेको बिजुलीको टान्र्समिटर जलेपछी वडा नम्बर– १२ का करिब एक सय ५० भन्दा बढी घरका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन्।
सो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि घरमा इनर्जी मिटर नदिएका कारण एउटा ठूलो पावरको मिटर मार्फत धेरै घरमा बिजुली बाल्दा टान्समिटर नै जलेको हुनसक्ने उपभोक्ताको अनुमान छ।
सो टान्र्समिटर बनाएर ल्याउन समय लाग्ने भएकाले अझै केही दिन कुर्नुपर्ने प्राधिकरणले जनाएको छ । उपभोक्ताले फिदिम विद्युत् सहकारीको बेवास्ताका कारण अन्धकारमा बस्न बाध्य हुनुपरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यता तीन दिनदेखि गएको बिजुली अहिलेसम्म पनि नआएका कारण फिदिम ७ र ८ रानिटारका १३ घरपरिबार अन्धकारमा रात बिताउनु परेको स्थानीयवासी राम बास्कोटाले बताए। रासस
प्रकाशित: १५ वैशाख २०७४ ०९:४७ शुक्रबार