coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मोबाइलमै हेर्न सकिनेछ स्थानीय चुनावकाे मत परिणाम (भिडियाे)

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुनेछ ।

नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।

त्यसैगरी, इसिएन एप आयोगको वेबसाइट www.election.gov.np वा android ios मोबाइलको प्लेस्टोर वा एप्पल मोबाइलको एप स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिनेछ ।

मोबाइल एपबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणामलगायत विभिन्न १० वटा विषयमा जानकारी पाइने छ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले कल सेन्टर र मोबाइल एपको सञ्चालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनले आयोगले सञ्चालनमा ल्याएको कल सेन्टर र मोबाइल एपको प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीलाई निर्देशन दिए।

निर्वाचन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवम् सहसचिव लक्ष्मीप्रसाद यादवले आयोगले सञ्चालनमा ल्याएको एपबाट निर्वाचनसम्बन्धी जानकारी नेपाली र अङ्ग्रेजी दुवै भाषामा सरल रुपमा पाउन सकिने बताए।

प्रकाशित: १५ वैशाख २०७४ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App