५ वैशाख २०८१ बुधबार
राजनीति

एमालेले सोध्यो– ‘संशोधन विधेयकमा के परिमार्जन गर्ने ?’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा परिमार्जन गरेर ल्याइने संविधान संशोधन विधेयक पास गर्न सघाउन दलहरुलाई आग्रह गरेका छन्।

संविधान संशोधन र निर्वाचनका विषयमा सहमति खोज्न शुक्रबार उनले बालुवाटारमा डाकेको बैठकमा यस्तो आग्रह गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधामन्त्री दाहालको आग्रहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने पहिला परिमार्जन गर्ने विषयहरुमा स्पष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

‘परिमार्जनसहित संशोधन विधेयक ल्याउने भनिएको छ,’ एमाले नेता अग्नी खरेलले भने, ‘के परिमार्जन गर्ने भन्ने थाहै नपाई हामीले के सहयोग गर्ने ?’

बैठकमा प्रधानमन्त्रीले निर्वाचन एकै चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्ने बारे स्पष्ट धारणा बनाउन दलहरुलाई आग्रह गरेको थिए । दुई चरणको निर्वाचन गर्दा पहिलो चरणको निर्वाचन भएपछि ‘मतगणना नहुन्जेल मतदान अधिकृतसँगै मतपेटिका रहनुपर्ने’ कानुनी बाध्यताका कारण अर्को चरणको निर्वाचनसम्म मतगणनाका लागि कुर्न नसकिने भएकोले मतगणनाको कुरा उठेको भन्दै उनले के गर्ने भन्ने प्रश्न पनि प्रधानमन्त्रीले दलहरु सामु राखेका थिए ।

त्यस्तै, दुई चरणको निर्वाचन भए ‘बाधाअड्काउ फुकाउ’ व्यवस्थाअन्तर्गत बजेट ल्याउने मितिलाई निर्वाचन पछाडि सार्न सकिने धारणा पनि उनले राखेका थिए ।

एमालेले भने निर्वाचन एकै चरणमा हुनुपर्ने धारणा बैठकमा राखेको छ। ‘निर्वाचन एकै चरणमा गुर्नुपर्छ,’ नेता खरेलले बैठकमा भने, ‘बजेटपछि निर्वाचन हुँदैन।’

शुक्रबारकाे सर्वदलीय बैठकमा पार्टीहरूले अाअाफ्ना धारणा राखे पनि कुनै ठाेस निर्णय भने हुन सकेन ।

 

प्रकाशित: १५ वैशाख २०७४ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App