coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाबुद्वारा छोरीको हत्या, अर्की छोरी गम्भीर

इलाम- इलाम नगरपालिका–७, का राजु चौधरीले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन्। चौधरीले ८ वर्षीया छोरी विरूपाको हत्या गरेको र अर्की छोरी ३ वर्षीया मीरालाई पनि घाँटी थिचेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

                पत्नीसँग शुक्रबार साँझ झगडा भएपछि राजु इलाम बजारकै फ्रेन्डस् होटलमा दुवै छोरीलाई लिएर बास बस्न गएका थिए । राति साढे १२ बजेतिर उनले दुवै छोरीको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेकामा सानी छोरी चाहिँ बेहोस अवस्था फेला परेको प्रहरीले जनाएको छ । ‘ठूली छोरीको हत्या गरेर सानी छोरी पनि बेहोस बनाएपछि चौधरीले आत्महत्याको प्रयास गरेका रहेछन्,’ जिल्ला प्रहरी प्रमुख एसपी सुशीलकुमार यादवले भने, ‘तौलिया (झाडन)को पासो लगाउँदा चुट्टिएर झरेकाले चौधरी पनि घाइते अवस्थामै फेला परेका छन्।’

                सानी छोरी मीराको झापाको बिर्ता सिटी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। चौधरीलाई जिल्ला अस्पतालमा उपचारपछि प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख यादवले बताए। 

 

प्रकाशित: १६ वैशाख २०७४ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App