७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानसेनापति वीरगन्जमा

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री पर्सा पुगेका छन्। वीरगञ्जमा रहेको बरख गणको निरीक्षण भ्रमणका लागि क्षत्री पर्सा पुगेका हुन्।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शनिबार क्षत्रीले मकवानपुरमा रहेको  मध्य पृतना मुख्यालय र काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डेवेसीस्थित २६ नम्बर बाहिनी अड्डा र पर्साको बरख गणको एकै दिन निरीक्षण भ्रमण गरेका हुन्।  

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले पृतना, बाहिनी तथा गणको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए। २६ नम्बर बाहिनी अड्डामा सकलदर्जालाई सम्बोधनगर्दै क्षत्रीले उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई देश र जनताको रक्षाका लागि खटिन निर्देशन दिएका थिए।

यसअघि फागुनको अन्तिम साता प्रधानसेनापति क्षत्रीले धनुषा, सर्लाही, सप्तरी र धनुषामा रहेका गणको निरीक्षण भ्रमण गरेका थिए।

पछिल्ला राजनीतिक घटनाक्रमको सांकेतिक विरोध जनाउँदै आएको सेनाले पछिल्लो समय क्षेत्रमै पुगेर तराई–मधेशको मनोबिज्ञान बुझ्ने प्रयास थालेको छ।

‘सुक्ष्म अन्वेषण’ अन्तर्गत सेनाले प्रतिकुल राजनीतिक प्रभावले छोएका तराई–मधेशका जिल्लाका जनतासँग सहकार्य र उनीहरुको मनोबिज्ञान बुझ्ने प्रयास थालेको हो। सेनाको ‘सुक्ष्म अन्वेषण’ रणनीति अनुसार जन सरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाउँदै लगेको हो।

 

प्रकाशित: १६ वैशाख २०७४ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App