७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनावबीचमा बजेट ल्याउन मिल्दैन : आयोग

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा चुनावी आचारसंहिता विपरीत हुने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले सरकारलाई चुनावको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याउँदा निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले रोक्न भनेको हो ।  

सरकारले वैशाख ३१ र जेठ ३१ मा गरी दुई चरणमा चुनाव गराउने निर्णय गरेको छ । संविधानअनुसार जेठ १५ मा वार्षिक बजेट ल्याउनुपर्छ । चुनावको बीचमा बजेट ल्याउँदा आचारसंहिता विपरीत हुने भएकाले आयोगले त्यसो नगर्न सरकारलाई भनेको हो ।  

‘एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचन हुने भएकाले त्यस बीचमा सरकारले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नु निर्वाचन आचारसंहिता अनुकूल हुँदैन’, आयोगको निर्णयमा उल्लेख छ, ‘यसले बजेटपछि हुने दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्न सक्छ ।’ 
निर्वाचनको बीचमा सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा त्यसले निर्वाचनलाई प्रभाव पार्नसक्ने आयोगको ठहर छ । 

प्रकाशित: १७ वैशाख २०७४ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App