८ वैशाख २०८१ शनिबार
समाज

अनुदान वितरणमा थप चार अर्ब अख्तियारी

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई अनुदान वितरण गर्न थप चार अर्ब रुपैयाँ अख्तियारी दिएको छ । 

प्राधिकरणले शुक्रबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयु) लाई भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरण गर्न उक्त अख्तियारी दिएको हो । 

भूकम्प प्रभावित ३१ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि दिइने अनुदान रकम अभाव हुन नदिन अग्रीम रूपमै जिल्लामा पठाउने गरी उक्त रकम मन्त्रालयलाई अख्तियारी दिइएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । भुसालका अनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान दिन प्राधिकरणले यसअघि ४१ अर्ब ७७ करोड ११ लाख आठ हजार रुपैयाँको अख्तियारी दिएको थियो ।

जसमा २४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नेपाल सरकारको, पुनर्निर्माण संयुक्त कोषको एक अर्ब ४७ करोड नौ लाख, भारत सरकारको पाँच अर्ब दुई करोड, आइडिएको ६ अर्ब १४ करोड १३ लाख, जाइकाको दुई अर्ब ९३ करोड र अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँच अर्ब रुपैयाँ रहेको उनले बताए । 

प्रक्रिया र मापदण्ड पूरा गरेका लाभग्राहीलाई तत्काल अनुदान वितरण गरिने प्रवक्ता भुसालको भनाइ छ । तर, स्थानीय तहको निर्वाचनले गर्दा जिल्लामा गइसकेको रकमसमेत वितरण गर्न समस्या भएको उनले बताए ।

प्रकाशित: १७ वैशाख २०७४ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App