८ वैशाख २०८१ शनिबार
खेल

वज्राचार्य र रावत च्याम्पियन

काठमाडौं – संरक्षकभूषण वज्राचार्य र इरा रावत पाँचौं सिटिजन्स बैंक खुला टेनिस च्याम्पियन बनेका छन् ।

शनिबार संरक्षकभूषणले पुरुष सिंगल्समा साबिक विजेता जितेन्द्र परियारलाई ६–४, ६–४ ले हराए । इराले माहिका राणालाई ६–२, ५–७, ६–३ ले हराउँदै पहिलो पटक महिलातर्फ च्याम्पियन बनिन् । पुरुष र महिला दुवैतर्फका विजेताले ३० हजार र उपविजेता १५ हजार पाए । 

यसै गरी भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाहीको जोडी पहिलो भयो । अमात्य र शाहीले राजु क्षत्री र डेगेन्द्र श्रेष्ठको जोडीबाट वाकओभर पाएका थिए । डबल्स विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय पुरस्कार पाए । 

विजेतालाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव एवं आयोजक संघका अध्यक्ष मनोहरदास मूल, सिटिजन्स बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्मा र प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पुरस्कृत गरे । प्रतियोगितामा २ सय ५२ खेलाडीले विभिन्न ११ विधामा प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित: १७ वैशाख २०७४ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App