७ वैशाख २०८१ शुक्रबार
अर्थ

विकट लापा र टिप्लिङमा पुग्यो एनटिसी

काठमाडौं– नेपाल टेलिकमले धादिङ जिÞल्लाको उत्तरी भेगका विकट स्थानहरु लापा र टिप्लिङमा बिटिएस स्थापना गरेर वैशाख १३ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। ती स्थानमा यसअघि कुनै पनि दूरसञ्चार सेवा पुगेको थिएन। 

लापामा स्थापित बिटिएसबाट धार्खा, सेरटुङ, बराङ, झारलाङका करिब तीन हजार घरधुरीका बासिन्दालाई मोबाइल फोनमार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको टेलिकमले जनाएको छ । लापा धादिङबेसींबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ।

त्यस्तैगरी, टिप्लिङमा स्थापित बिटिएसबाट टिप्लिङल र सेरटुङलगायत नजिकका गाउँका करिब दुई हजार घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन्। टिप्लिङ धादिङ बेसींबाट ५५ किलोमिटर सडक मार्ग  (धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दुरीमा रहेको छ।

दुर्गम तथा विकट ग्रामीण क्षेत्रसम्म दूरसञ्चार सेवा पहुँच विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको विज्ञप्तिमा उल्लेख छ। प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिँदै उक्त स्थानमा उपकरण जडान गरी टेलिकमले सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित: १७ वैशाख २०७४ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App