४ वैशाख २०८१ मंगलबार
राजनीति

रामेछाप कांग्रेसले टुंगोलगायो उम्मेदवार

मन्जु उप्रेती

रामेछाप- स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि थप गरिएको समयावधी आउन दुइ दिन बाकी रहादा रामेछाप कांग्रेसले आइतबार जिल्लाका सबै नगर र गाउँपालिकाका उमेद्वारहरुको टुंगो लागएको छ।

                नेपाली कांग्रेस रामेछापले आइतबार मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारको नाम सार्वजनिक गरेको हो। स्थानीय तवरबाट नै सहमतिका आधारमा टुंगो लाग्न नसकेका उम्मेदवारको नाम क्षेत्रीय समिति हुँदै जिल्ला तहमा आएर सबै उम्मेदवारको टुंगो लागेको हो।

रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका रहेका छन्। कांग्रेसले मन्थली नगरपालिकामा युवराज भट्टराइलाई प्रमुख र मिना कार्कीलाई उप प्रमुख, रामेछाप नगरपालिकामा नर बहादुर मगर प्रमुख र सिर्जना खडका लाई उप प्रमुखका रुपमा उमेदवार बनाएको छ। त्यसै गरी लिखु गाउँपालिकामा चन्द्र बहादुर राउत प्रमुख र कल्पना खडका उप प्रमुख, गोकुलगंगा गाउपालिकाको प्रमुखमा नानी बाबु बस्नेत र उप प्रमुखमा तुलसा केसी खडका, उमाकुण्ड गाउपालिकाको प्रमुखमा हिक्मत बहादुर सुनुवार, उपप्रमुखमा उर्मिला कार्की बस्नेत, सुनापति गाउँपालिकामा प्रमुखमा जितेन्द्र कुमार मोक्तान उप प्रमुखमा बिनिता खडका, दोरम्बा गाउ पालिकाको प्रमुखमा मान बहादुर लामा र उप प्रमुखमा  खमला थापा मगर र खाँडादेवी गाउपालिकाको प्रमुखमा बेदराज लामा र उप प्रमुखमा मिना कुमारी श्रेष्ठको नाम तय गरेको छ।

प्रकाशित: १७ वैशाख २०७४ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App