coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तरकारी खेती सिकाउँदै बैंक

जुम्ला- स्वावलम्बन लघुवित्त विकास बैंक, जिल्ला शाखाले यहाँका किसानलाई तरकारी खेती गर्न सिकाउन थालेको छ। लघुवित्तमार्फत क्रृण प्रवाह गरेर किसानलाई तरकारी खेतीमा आकर्षित गर्न लागेको हो। बैंकले जुम्लामा आफ्ना सदस्यलाई तरकारी खेतीबाट आत्मनिर्भर बनाउन पहल थालेको शाखा प्रबन्धक लक्ष्मण बस्नेतले बताए। उनले भने, 'यहाँ उत्पादित तरकारीले बैंकका सदस्यलाई आत्मनिर्भर बनाउने लक्ष्य हो।'

तरकारी बेचेर बैंकको क्रृण पनि तिर्न सजिलो हुने र घरपरिवारको खर्चसमेत सहजै जुटाउन सक्ने देखिएपछि यो अभियान अघि सारिएको हो। जुम्ला मौसमी तथा बेमौसमी तरकारी खेतीको सम्भावना बोकेको जिल्लाको हो। त्यसैले बैंकले आफ्ना सदस्यलाई तरकारी खेती तालिम प्रशिक्षण दिएर यसमा लाग्न अभिप्रेरित गर्न थालेको शाखा प्रबन्धक न्यौपाने बताउँछन्।

बैंकले थालेको यो अभियानलाई सदस्यले पनि रुचाएका छन्। स्वावालम्बन बैंकले जुम्लाका ७ गाविस र एक नगरपालिकाका गरी ५ सय १५ जनालाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। प्रबन्धक न्यौपानेका अनसार जेठ मसान्तसम्म बैंकले ४१ लाख १६ हजार कर्जा प्रवाह गरेको छ। सदस्यको बचत ८ लाख ४४ हजार ५ सय ६९ रुपैया भएको छ।

बंैकका सेवाग्राही विष्णुमाया बुढाले जुम्लामा पहिलोपटक बैंकले तरकारी खेती गर्न सिकाएर नमुना काम गरेको बताइन्। उनले यो कार्यले बैंकका सेवाग्राहीलाई क्रृण तिर्न र मुनाफा कमाउन निकै मद्दत पुग्ने विश्वास गरिन्। बैंकले विपन्न परिवारका सदस्यलाई प्रथामिकतामा राखेर कर्जा प्रवाह गरेको छ।

प्रकाशित: १ श्रावण २०७३ ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App