coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सत्ता हत्याउ खोज्नु देशद्रोहः एर्दाेआन

इस्तानबुल– टर्कीका राष्ट्रपति रिजेप तथ्यिप एर्दोआनले सेनाको एक समूहले सत्ता हत्याउन खोज्नु दोशद्रोह भएको बताएका छन्। त्यहाँको एक सैनिक खेमाले सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो नियन्त्रणमा लिएको बताएको थियो। उक्त क्रममा भएको झडपमा ४२ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि एक टेलभिजनबाट अभिव्यक्ति दिनेक्रममा एर्दोआनले सैनिक कूलाई देशद्रोहको संज्ञा दिएका हुन्। उनले सेनामा शुद्धिकरणको आवश्यकता रहेकोसमेत बताएका छन्। कसको नेतृत्वमा कू को प्रयास भएको भन्ने अझै थहा भैसकेको छैन । साथै सेैनिक प्रमुख जेनरल हुलुसी अकरको अवस्था अझै अज्ञात छ ।

यसअघि सेना प्रमुखलाई बागी सैनिकहरुले नियन्त्रणमा लिएको खबर बाहिर आएको थियो। टर्कीको सरकारी अभियोजनकर्ता कार्यलयका अनुसार कू  को प्रयासका क्रममा अंकारामा कम्तीमा ६० जना मारिएको बताएको छ। मारिने मध्य अधिकांश गैरसैनिक नागरिक  रहेको बताइएको छ। टर्कीका एक उच्च अधिकारीले उक्त घटनापछि ३०० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको बताएका छन्।

यसैबीच कू को प्रयास गर्नै सैनिकहरु मध्ये सय जना भन्दा बढीले आफ्नो प्रयास असफल भएको भन्दै सरकार समक्ष आत्मसमर्पण गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

 

प्रकाशित: १ श्रावण २०७३ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App