coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निस हमलाको जिम्मा आइएसआईले लियो

इस्लामीक स्टेट आइएसआईले बिहीबार फ्रान्सको निस सहरमा भएको लरी आक्रमण आफुले गराएको दाबी गरेको छ। उक्त आक्रमणलाई फ्रान्स विरुद्ध जारी युद्धका रुपमा लिन पनि आइएसआएले भनेको छ।  

फ्रान्सको स्वतन्त्रता दिवस मनाउन जम्मा भएका मानिसहरुको भिडमा लरी चलाइदाँ ८४ जनाको ज्यान गएको थियो। मारिएका अधिकाशं बच्चा तथा महिलाहरु रहेका छन्। आक्रमणमा २ सय जना भन्दा बढी मानिस घाइते भएका थिए।

यता फ्रान्सेली अधिकारीहरुले भने हालसम्मा घटना कसले गरेको भन्ने कुरा बताएको छैन। उनीहरुले यस हमलाको अनुसन्धानका लागी ५ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको बताएका छन्।

 

 

प्रकाशित: १ श्रावण २०७३ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App