coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेद्वारी फिर्ता

बनेपा – काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएका छन् । 

जिल्ला निर्वाचन कार्यालय, धुलिखेलकाअनुसार धुलिखेल नगरपालिकमा–४ जनाले, पनौती नगरपालिकामा १० जनाले, मण्डनदेउपुर नगरपालिकामा तीन जनाले, चौरीदेउराली गाउँपालिकामा नौजना गरी कुल २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

केही क्षेत्र दुर्गम भएको र सञ्चारको समस्या भएका कारण विस्तृत विवरण आएपछि उम्मेदवारी फिर्ता लिनेको सङख्या अझै बढ्ने जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए । 

जिल्लामा कुल दुई हजार ७४० जनाले विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए । छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुई लाख ३० हजार ८४९ मतदाता सङख्या रहेको छ भने १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र रहेको छ । 

प्रकाशित: २२ वैशाख २०७४ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App