coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले उम्मेद्वारको गाडीमा आगजनी

गएराती अज्ञात समूहले आगजनी गरेको धादिङका एमाले उम्मेदवारले प्रयोग गरेको गाडी । तस्बिर श्राेत :फेसबुक

 धादिङ –  स्थानीय तहको चुनाव प्रचारको लागि धादिङमा एमाले उम्मेदवारले प्रयोग गरेको गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छन् ।

धादिङको थाक्रे गाउँपालिका वडा नं २ का वडा अध्यक्ष उम्मेद्वार राजकुमार पौडेलले प्रयोग गरेको बा ९ च ८९२९ नम्बरको गाडीमा अज्ञात समूहले आगो लगाएको हो । उम्मेद्वार पौडेलको घर अगाडि पार्किङ गरिराखेको गाडीमा राती करिब २ बजे २/३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले आगो लगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गाडीमा सल्किएको आगो स्थानीयहरुको सहयोगमा प्रहरीले निभाएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक जिवन निरौलाले बताए । चालक साइडको सिसा फुटाएर गाडी भित्र आगो सल्काएका थिए । गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक निरौलाले बताए । 

 

प्रकाशित: २३ वैशाख २०७४ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App