७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ शक्तिलाई आक्रमण गर्ने माओवादी कार्यकर्ता पक्राउ

गोरखा – शनिबार साँझ गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा नयाँ शक्तिका कार्याकर्तालाई कुटपिट गर्नुका साथै जीप र मोटरसाइकल तोडफोडमा संलगन एकजनालाई प्रहरीले आज पक्राउ  गरेको छ । गोरखा नगरपालिका ६ का सुदिप बस्नेतलाई पक्राउ गरी अनुसन्धन गरिएको र अन्य संलग्नको खोजी भइरहेको डिएसपी बिरेन्द्र थापाले बताए । 

चुनाव प्रचारको क्रममा हिडिरहेको नयाँ शक्तिका कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले बीचबाटोमा गाडी रोकेर तोडफोड गर्नुका साथै कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चार जनाको अवस्था भने अहिले समान्य छ । तोडफोड र कुटपिटमा संलग्नलाई कारवाही नगरे थप घटना घट्न सक्ने भन्दै नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेलले प्रशासकहरुलाई सचेत रहन चेतावनी दिएका थिए । 

उक्त घटनाका विषयमा जिल्लाका सरोकारवाला बीच छलफल समेत भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निर्वाचन आचारसंहित बिपरितका काम नगर्न सबै दललाई आग्रह गर्दै भने ‘कमजोर नठान्नुहोस्, गल्ती गर्ने सबैलाई कारावाही हुन्छ, झोला बोक्न परे पनि तयार छौँ, तर चुनाव गराउँछौँ ।’ 

 

प्रकाशित: २४ वैशाख २०७४ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App