८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सगरमाथामा विवाह गर्ने अमेरिकी जोडी [फोटो फिचर]

क्यालिफोर्निया- विवाहलाई यादगार बनाउने सबैको चाहना हुन्छ। त्यही चाहना बोकेर अमेरिकाका यी जोडी विवाह गर्न नेपाल आए। उनीहरुले एक वर्षअघिदेखि सर्वोच्च शिखर सगरमाथामा विवाह गर्ने योजना बनाएका थिए।

अमेरिका क्यालिफोर्नियाका ३५ वर्षीय जेम्स सिस्म र ३२ वर्षीया एस्ली स्जिमिडरले समुन्द्र सतहभन्दा १७ हजार फिट माथि पुगेर साहसिक विवाह सम्पन्न गरे। उनीहरुले सगरमाथा ट्रेकिङका दौरान विवाह सम्पन्न गरेका थिए। जुन यी जोडीका लागि अविश्मरणीय क्षण पनि बनेको छ। 

एस्लीले धरै छलफलपछि पारम्परिक विवाह हाम्राो लागि ठीक नभएको निष्कर्ष निकालिन्। 'हामीलाई हाम्रो विशेष दिनमा साथीभाइ, आफन्त र परिवारसँग रमाइलो गर्न मन लागेपनि हामी केही दिनको छुट्टिमा निस्किने निर्णय गरेँ,' उनले भनिन्, 'हामी दुबै जनालाई घुम्न निक्कै मन पर्छ। हामीले सँगै १४ हजार फिट उचाइको अनुभव पनि गरिसकेका थियौं। तीन हप्ताको एभरेष्ट बेस क्याम्पको ट्रेकिङपश्चात विवाह गर्ने निधो गर्‍यौं।

यसदौरान उचाइका कारण धेरैपटक बिरामीसमेत परेको उनले खुलाइन्। सगरमाथा बेस क्याम्पमा तीन साता बिताएका थिए।

उनीहरुको यो ऐतिहासि विवाहलाई अमेरिकन फोटोग्राफर चारलेटन चरचिलले अझै रोमाञ्चक बनाउनमा सहयोग गरेका छन्। उनले आफ्नो फोटोग्राफीमा कतै पनि काल्पनिकताको भान हुन नदिएको बताए।

'जसरी एक वास्तविक जोडी विवाह समारोहमा उपस्थित हुन्छन्। त्यसरी नै उनीहरुमा व्यक्त हुने सुख, दुःख, संघर्ष र रोमान्टिक दृश्यलाई मैले फोटोग्राफीमा उतारेको छु,' उनले भनेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App