४ वैशाख २०८१ मंगलबार
अन्य

कपाल रंगाउनुअघि ख्याल गरौँ

नील डेभिड कटुवाल, हेयर एक्सपर्ट
हेयर कलरिङलाई हेयर डाइङ पनि भनिन्छ । रासायनिक तत्वको सहायताले कपाललाई एक रङबाट अर्को रङमा बदलिन्छ । पछिल्लो समय हेयर कलर गर्नेहरू बढेका छन् । सलुन, ब्युटिपार्लर अथवा घरमै पनि कपाल रंगाउन सकिन्छ ।
ग्रे हेयर कभरेज कलरिङ
एसियाली मूलका मानिसहरूको कपालमा ‘डार्क सेड’ हुने हुँदा चाँडै फुल्ने गर्छ । प्रदूषण, आनुवंशिक समस्याका कारणले पनि कपाल फुल्ने गर्छ । यसलाई कभर गर्न बेस कलर प्रयोग गरिन्छ । बेस कलरअन्र्तगत कालो, खैरो, हल्का खैरो रङ पर्दछन् ।
फ्युजन कलरिङ
यसमा कपाल फेसनअनुसार रंगाउने गरिन्छ । अरूभन्दा फरक देखिन चाहनेले यस खालको शैली बढी प्रयोग गर्छन् । यसमा ब्लन्डदेखि रातो, गुलाबी, नीलो, खैरो आदि रङ पर्छन् ।
हाई कोल टेक कलरिङ
यो क्रिएटिभ कलरिङ हो । तीन सेट रङ प्रयोग गरी हाई कोल टेक कलरिङ गरिन्छ । यसको प्रयोग आफूलाई अति फेसनेबल देखाउनेहरूले गर्छन् ।

कपाल रंगाउँदा ध्यान दिनुपर्ने कुरा
–ब्रान्डेड कलर छान्नुपर्छ । ब्रान्डेड कलर अलि महँगो भए पनि कपाललाई सुरक्षित राख्छ । कलर छान्दा एमोनिया कम भएको कलर छान्नुपर्छ । जसले कपाललाई बिग्रनबाट जोगाउँछ ।
–कपाल रंगाउनुअघि मेहदी, हिना प्रयोग गर्नु हुँदैन । यसले कपाल टुक्राउनुका साथै कपाल बिगार्ने काम पनि गर्छ । हिना लगाएको कपालमा रङ लगाउँदा रासायनिक तत्वले काम गर्दैनन् ।
–रङ लगाउँदैमा कपाल राम्रो हुँदैन । यसका लागि उपयुक्त स्याम्पू र कन्डिसनर छान्नुपर्छ । हप्तामा तीन पटक स्याम्पू र कन्डिसनर प्रयोग गर्नुपर्छ ।
–रंगाएको कपालमा प्रत्येक १० दिनमा हेयर स्पा गर्नुपर्छ । हेयर कलरिङ गरेको कपालमा हेयर स्पासँगै ‘पावर डोज’ क्रिम पनि नियमित रूपमा प्रयोग गर्नुपर्छ । यसले कलरिङ गरेको कपाललाई बचाउन मद्दत गर्नुका साथै बलियो पनि बनाउँछ ।
–कपाल रंगाएपछि १५–१५ दिनमा एक पटक नरिवलको तेलले मसाज गर्नुपर्छ ।

 

प्रकाशित: २७ वैशाख २०७४ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App