१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कााभ्रेमा राप्रपाका उम्मेदवारको मृत्यु

 बनेपा – काभ्रेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका  वडा सदस्यका उम्मेदवारको मृत्यु भएको छ । धुलिखेल नगरपालिका वडा नं १२ को वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको मृत्यु  भएको हो । उनको मृत्यु पश्चात सो वडामा निर्वाचन नहुने भएको छ।

साविकको शंखुपाटीचौर गाविसमा राप्रपाबाट सदस्यमा उम्मेदवार बनेका ५७ वर्षीय तामाङको कालगतिले घरमै मृत्यु भएको राप्रपाका नेता टुल्कु लामाले जानकारी दिए । 

स्थानीयका अनुसार तामाङ सुगर र प्रेसरका बिरामी थिए । बिहीबार बिहान अबेरसम्म नउठेपछि परिवारले हेर्दा तामाङ मृत अवस्थामा फेला परेका थिए ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडाले घटनाबारेमा निर्वाचना आयोगमा जानकारी गराइएको बताए, ‘राप्रपाबाट मृत्यु भएको आधिकारिक जानकारी आएलगत्तै सो वडामा निर्वाचनको पुनः कार्यक्रम सुरु हुनेछ । यसबाट धुलिखेल नगरपालिकाको नतिजा आउन केही समय ढिलाई हुन्छ’, उनले भने ।

प्रकाशित: २८ वैशाख २०७४ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App