७ वैशाख २०८१ शुक्रबार
प्रवास

साकुरा नाइटमा झुम्यो जापान

जापानिजहरूको  विशेष चाड गेल्डेन विकको अवसरमा जापानमा सूर्य कर्पोरेशनले वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । साकुरा नाइट २ नामक उक्त कार्यक्रम जापानमा रहेका नेपालीहरूमाझ प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा प्रमोद खरेल, सन्दिप क्षेत्री, नलिना चित्रकार लगायतको जोडदार प्रस्तुती रहेको थियो । गायक खरेलले ओइ झुमा, म बिना कसैकसैलाई, लाइदेउ न माया लगायतका गीत गाएर दर्शकललाई झुमाइरहँदा पछिल्लो समय स्ट्यान्ड अप कमेडियनका रुपमा परिचित सन्दिप क्षेत्रीले सबैलाई पेट मिचि मिचि हाँस्न बाध्य बनाएका थिए । त्यसैगरी गायिका नलिना चित्रकारले चाँहिदैन हिरा र मोती, सिमसिमे पानीमा, सालको पात लगायत गीत गाएर आम दर्शकलाई नचाएकी थिइन् । 

जापानको विभिन्न स्थानमा भएको उक्त कार्यक्रमको मुनाफा नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको मानव सेवा आश्रमलाई सहयोग स्वरुप प्रदान गरिने सूर्य कर्पोरेशनका डाइरेक्टर वाशुदेव लामिछानेले बताए । 

ग्रिस्मा इन्टरटेन्टमेन्ट संग मिलेर  आयोजना गरिएको साकुरा नाइट मा गत वर्ष रामकृष्ण ढकाल, हिमाल सागर, मिलन अमात्य, जितु नेपाल, लगायतले आफ्नो कलामार्फत जापानवासी नेपालीलार्य मनोरञ्जन प्रदान गरेका थिए । 

मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसरमा सूर्य कर्पोरेशन र ग्रिष्मा ईन्टरटेन्डमेन्टले हरेक वर्ष जापानको मुख्य शहरहरूमा सांस्कृतिक कार्यक्रम गर्दै आरहेको छ । 

प्रकाशित: २९ वैशाख २०७४ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App