८ वैशाख २०८१ शनिबार
राजनीति

मुगुमा निर्वाचन सामग्री लुटियो

सुर्खेत – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री लुटेका छन्। उनीहरुले प्रहरीको हेन्डसेट चार्जर पनि तोडफोड गरेका छन्।

छायाँनाथ–रारा नगरपालिका वडा नंं. १२ को नेरा निमावि केन्द्रमा खटिएको टोलीबाट उक्त सामग्री लुटेका प्रहरीले जनाएको छ। बिहान १०ः४५  बजे मतदानमा खटिएका कर्मचारी खाना खान गएकाे माैका छाेपी हातहतियारसहित अाएकाे  १५० जनाकाे समूहले प्रहरी सामग्री लुटेको प्रहरीले जनाएको छ। असई भीमबहादुर शाहीको कमाण्डमा चार प्रहरी र चार म्यादी खटिएका थिए। घटनास्थल सदरमुकाम गमगढीदेखि करिब तीन घण्टा पूर्वदक्षिण पर्छ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकृत राजिमान बुढाका अनुसार अहिले निर्वाचन कार्यालयमा जगेडा रहेकाे निर्वाचन सामग्री र सुरक्षाकर्मी त्यसतर्फ पठाउने तयारी भइरहेकाे छ ।

अहिले निर्वाचन कार्यालयमा जगेडा रहेका निर्वाचन सामाग्री र सुरक्षााकर्मी त्यसतर्फ पठाउने जिल्ला  निर्वाचन कार्यालयका  निमित्त   जिल्ला निर्वाचन अधिकारी  राजिमान बुढाले जानकारी दिए 

प्रकाशित: ३० वैशाख २०७४ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App