६ वैशाख २०८१ बिहीबार
अन्य

घटना

किशन थापा ‘अधीर’

नवदम्पती मुस्काउँदै उपहारका पोका खोल्न लागे । 
‘हेर न, यसमा त कस्तो राम्रो पेन्टिङ रहेछ ।’
‘अब मेरो पालो खोल्ने । कुन गिफ्ट खोलूँ ?’
‘त्यो खोल त, आकर्षक छ हेर्दै ।’
‘आहा, कति अट्राक्टिभ वाल वाच रहेछ ।’
यसरी दुवै भएभरका उपहार खोल्दै मुस्काउँदै गर्न थाले । 
‘त्योचाहिँ दुवैले खोलौँ ल ।’
मुनमुन मुस्काई । सहमति दिई ।
दुवैले खोले ।

एउटा ठूलै खालको बाकस थियो । खोले । अर्को सानो बाकस निस्क्यो । त्यसलाई पनि खोले । फेरि अर्को सानो बाकस निस्कियो ।

‘बाकसै बाकस राखेर हामीलाई सताउन लागेको हो कि क्या हो ?’ पतिको यस भनाइमा मुनमुनले भनिहाली, ‘त्यस्तो गर्ने त मैले कसैलाई बोलाएको थिइनँ ।’
‘यसलाई पनि खोलौँ न त ।’ 

दुवैले एकसाथ खोले । त्यहाँ माथिपट्टि तह मिलाएर एउटा लेखिएको कागज थियो । लेखिएको थियो– तिमीजस्ती कुकुर्नीलाई योभन्दा राम्रो उपहार अरू हुनै सत्तैmन ।

कस्तो गन्हाउन थाल्यो । त्यहाँ जनावरका हड्डी थिए । 
मुनमुनको मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । मेरोतर्पmका पाहुनाको काम होइन पनि भन्न मिलेन । 

पतिले आश्चर्य र कष्टका रेखा निधारमा खोपाएर मुनमुनलाई हेर्दै थियो ।
बानी न हो, तुरुन्तै आफ्नो चलाकीको सुइरो निकाल्दै भनी, ‘आ, राति भइसक्यो, यस्ता कुरा त भोलि हेरे पनि हुन्छ । हाम्रो मिलनको रात मजाले मनाइहालौँ ।’
‘तर यस्तो काम कल्ले ग¥यो ?’ पति अलि गम्भीर देखियो ।

‘पक्कै विनिता मोरीको काम हुनुपर्छ । मलाई ठूलो सरप्राइज दिन्छु भन्थी सधैँ । त्यसैको काम हो यो ।’

‘गज्जबको सरप्राइज दिने बानी रहेछ,’ पतिले भन्यो, तर पत्याएजस्ता देखिएनन् ।
हत्तपत्त नशालु स्वर ल्याउँदै मुनमुनले भनिहाली, ‘अब अरू कुरा किन ?’ त्यसपछि पतिलाई चुमिदिई ।

पति बन्द गरिसकेर पनि अझै त्यही बाकसलाई हेर्दै थियो । 
अब त भएन । यही लागेछ क्यार, मुनमुनले साडीको फेर आफ्नो शरीरबाट हटाइदिई । पति हेर्न थाल्यो । अझ भएन कि क्या हो, ठानेर आफ्नो ब्लाउजको अलिकति हुक खोलिदिई । 

वक्षस्थलको दर्शन पाएपछि पति पनि आफ्नो कर्तव्य सम्झन थाल्यो । मुनमुनलाई जुरुक्क उचालेर आरामदायी बेडमा पछा¥यो । माथिबाट थिच्चिँदै गरेकी मुनमुनका अंगप्रत्यंग सुमसुम्याउन थाल्यो । 

उता मुनमुनको दिमाख तीव्र गतिमा इलेक्ट्रिक ट्रेनझैँ कुद्दै थियो, कसको काम हो त्यो ?

पुरुष अनुहारहरू सम्झन थाली, कलेजदेखिका । प्रकृतिराज, श्रीकुमार, देवराज, नवीन, भूषण... । ‘हैन होला, तिनीहरूसित त एक–दुई पटक मात्रै घुमेकी न हुँ । तिनीहरू लभसभलाई त्यति सिरिएस्ली लिने केटै होइनन्,’ आपैmँलाई ढाडस दिन थाली ऊ । फेरि अन्य अनुहार सम्झिन थाली । अनुहार बग्रेल्ती आउन थाले ।

एउटा अनुहार झ्वाट्ट मनमा आउनेबित्तिकै झस्की, हो, त्यसैले हो । अब पक्का भई । त्यो केटो, मूर्खानन्दको पल्लो सीमा लाग्न थाल्यो । जाबो एकपटक चुप्पा खान पाउँदैमा जीवनै पाएजस्तो ठान्दो रहेछ । कुन युगको हो कुन्नि । यस युगमा आफ्नो काम बनाउन चुप्पा त के अरू पनि केके दिनुपर्छ, पर्छ... त्यस्ता जाबोलाई त्यसैले त दुत्कार्नुपरेको । म पनि कस्ती त, पहिलो प्रेम नै त्यस्तासित परिदियो । उसले बाँकी सोच्न भ्याइन ।

त्यतिन्जेल पति फुल स्पिडमा कुद्न थालिसकेको थियो । उसैलाई थाहा भएन, पतिले कहिले उसका देहबाट दुलहीको भेस हटाइदिइसकेको थियो । 

बिहानको सूर्योदयसँगै मुनमुनका आँखा खोलिए । मीठो निद्रा दिएकामा आभारीको मुद्रा ल्याएर स्नेहसाथ सँगै पतिलाई छामी, तर तर्सी । पति त्यहाँ थिएन । जुरुक्क टाउको उचाली, पति झ्यालबाट बाहिर हेर्दै रहेछ । 

‘के हेरिरहेको ?’ बिस्तारै नजिक पुगेर मुनमुनले सोधी । 
उत्तरमा पतिले उसलाई पुलुक्क हे¥यो, तर केही बोलेन । फेरि हेर्नै दत्तचित्त हुन थाल्यो । 


ऊ पनि केही बोलिन, किनभने जानिसकेकी थिई, त्यहाँ धेरै बोल्नु ठीक थिएन । आ, पतिको यो मुड त्यसैले भएको हो भने पनि एक–दुई दिनमै अलप भइहाल्छ नि । नभए अलप पार्ने तरिका मैले पनि जानेकी छु । मुनमुनले यही ठानी ।

उसले जे सोचे पनि त्यसपछिका दिन त्यति सहजचाहिँ भएन । पतिव त्यही सुहागरातमा मात्र हो, अरू रात सँगै सुत्न पनि मन गरिरहेको थिएन । मायाप्रीतिका कुरा गर्न लाग्दा पनि जुरुक्क उठेर हिँडिदिन्थे । हैन, यो के भयो त ? आफ्नो यस्तो अस्त्रै काम नलाग्ने हुन थाल्यो भने त । ऊ सोच्न बाध्य भई, पहिला मेरो एक मुस्कान पाउन पनि कति हत्ते हाल्थे उनी ।

दुई कोठाभित्रै हुन्थे, तर एकै कोठामा भए पनि दुई अपरिचितझैँ हुन थाल्दै थिए । 
कस्तो मोरो होला त्यो ?  त्यो यस्तो होला भन्ने जानेकी भए बोल्न पनि बोल्थिनथेँ । यस्तै सोच्न थाली मुनमुन । बेस भयो, त्यससित अफेयर ज्यादा चल्न पाएन । मैले निकै बुद्धिमानीको काम गरिछु, नत्र त्यससितै कति दिन के हो के हो । मोरो त्यसै पछिपछि लाग्छ । यही भनिदिएकी थिएँ, युनिभर्सिटीमा सहेलीहरूलाई । पत्याइ पनि हाले, नत्र म त्यो दिन खत्तमै भइसकेकी थिएँ । जब त्यसको बारे सबैले थाहा पाए । के गर्ने त, एक्टिङ गर्न नजान्ने ग्वाँच केटी भएकी भए त के के मात्र हुन्थ्यो होला । 

त्यो मोरो मेरो लाइफको एक च्याप्टर मात्र थियो, मन लागेन, क्लोज गरिदिएँ, कुरै सकियो । केही गल्ती त मेरै पनि हो, अवश्य, मान्छु म । अरूका अगाडि चाहिँ होइन है, आपैmँभित्र । किन म संसारमा त्यही एक मात्र केटो छ जतिकै गरेर त्यसप्रति... । जब कि पछि थाहा पाएँ, अन्य केटा पनि त छन् नि  संसारमा, जसबाट आपूmले चाहेको पूरा गर्न सकिन्छ । अनि त एकै स्टेसनमा बसिरहने त कुरै भएन नि, यात्रै हो भने जिन्दगी । मुनमुनलाई अझै पनि आफ्नो यो ठनाइ ननिको लागेन ।

त्यस्ता मोराले मेरो म्यारिड लाइफमा यसो गर्ने आँट गर्ने ? एक कदम अघि चाल्दै टक्क रोकिई, किनभने झट्टै सोचाइ आयो, कतै यो काम त्यसको हैन रहेछ भने ? त्यसकै भए पनि त्यो छ कहाँ त अहिले ? यही प्रश्नले उसलाई चकराउन लाग्यो । 

के थाहा, अरू नै पाटो हो कि । त्यही मोराले पनि भन्थ्यो, कुनै पनि क्वाइनको टु साइड हुन्छ, तिमीले एउटा साइड मात्र देख्यौ, कुन्नि कुन सन्दर्भमा भनेको थियो, तर यही डाइलगसहित सिंगै त्यो मलाई मन परेन, कत्ति पनि । 

हेरुँ न, के रहेछ कुरो । प्रयास गर्न थाली, भित्रभित्रै । सहपाठी केटाहरूकहाँ पनि पुगी, सोधीसोधी । कुरो कोट्ट्याई, कसको काम हो त्यो । घटना त भइहाल्यो, तर अब गर्न सकिन्छ के ! यतिमै अडिने मुनमुनको स्वभावै होइन । उसको ठनाइ छ, पछिपछि फेरि अरू केही नआउला भन्न के सकिन्छ र ? रोगको मुहान पत्ता लगाउन खोज्दै थिई । 

सहपाठीबाट थाहा पत्तो केही लागेन । फर्कन लाग्दा झट्टै सुनी, पछिबाट स्वर आउँदै थियो, किनभने उसले गएँ है भनेर दैलोको चेपैमा उभिएर सुनिरहेकी थी, केही फुत्किन्छ कि भन्ने आसमा । ‘केटा खेलाउँदै हिँड्ने बेला आँखा देखिन, अब यहाँ भुत्रो गर्न मुन्टेकी ।’

सहेलीहरूलाई पो थाहा छ कि, तर कसलाई सोध्ने । रीति पोखरामै बूढी भई होली, त्यसले त्यस मोरालाई राम्ररी चिन्नै पाइन । सपना जर्मन पुगी बोसलाई फकाएर । प्रभा पनि यहाँ छैन । प्रेम्बडा पनि लन्डनमा छे । आफ्नो ग्रुपका तिनै हुन् । कसलाई सोध्ने त, मुनमुन दुविधामा पर्न थाली ।

मोबाइल बज्यो । हेरी, चिनिने नम्बर थिएन, के गर्ने सोच्तै उसले रिसिभ बटन थिच्न पुगिसकिछ । 

‘हेलो मुनमुन ¤ के छ ?’ उताबाट चिनेचिनेजस्तो स्वर आयो । 
‘को बोलेको ?’ आफ्नो बानीअनुसार उसले सोधी । 
‘ल, मलाई नचिनेकी ? म अविज्ञा ।’
‘अविज्ञा  ¤ के छ बालाजुको हालखबर ?’
‘कहाँ म अहिले त्यहाँ हुनु । भर्खरै युएसबाट आउँदै छु । सीतापाइलामा एउटा सानो घर लिएका छौँ ।’
‘ए हो त । तिमी त डिग्रीपछि गायबै भयौ हगि ।’
‘अनि तिम्रो के छ नि ?’ 

भेटेर कुरा गरौँ न, अड्डी लिन थाली । आफ्नो दुनो सोझ्याउने प्रयासमा के मात्र गर्नुपर्दैन, उसको ठनाइ थियो । भेटी, कुरो गरी, तर त्यहाँबाट पनि केही हात लागेन । 

के गर्ने लौ ¤ यता पतिबोल्न पनि छाडिसकेको थियो । भित्रभित्रै खाइरहेको छ पतिलाई । मुनमुनले नजानेकी होइन यो, तर आफ्ना अस्त्रहरू एकपछि अर्को प्रयोग गर्दै जताउने असफल प्रयास पनि गर्न छाडेकी थिइन । 

‘त्यो को हो ? के भएको थियो, भन त ?’ पतिले सोधिदियो आज त । आफ्नै चुपचापीले आपैmँलाई रेट्न थालेछ क्यार ।

उसलाई हाँसो उठ्नउठ्न त लागेकै हो, तर स्वाभाविकता ल्याउने प्रयत्न गरी, 
‘केही भएको थिएन । बाटामा कसले केके भनिदिँदैमा यात्रै अवरुद्ध गर्नुहुन्छ त ? इट्स नट एनी लजिक, यु नो । हु द हेल द्याट बास्टर्ड । हाउ क्यान आइ नो । टु टेल यु इन ट्रुथ, आएम डाइङ विद यु एभ्री टायम एभ्री मोमेन्ट । माई सोल इज डेडिकेटेड फर यु वन्ली ।’ 

‘ओह, सटअप, विल यु ¤’ नजिक आएर पति फेरि बोल्न थाल्यो, ‘आई जस्ट वान्ट टु नो ह्वाट इज द ट्रुथ ।’ 

के भन्ने ¤ ऊ तिलमिलाउन थाली पक्कै, तर मुहारमा रत्तिभर पनि लेस आउन दिइन । लोभलाग्दो मुस्कान छर्नतिर लागी, टालिन्छ कि अहिलेको समस्या तत्काललाई । मुस्काउँदामुस्काउँदै पनि तुरुन्त थाहा लागिसकेको थियो, त्यो लोभलाग्दो भएन । अनि पतिसित टाँसिन खोजी, तर पति झट्ट हटेर त्यहाँबाट हिँड्यो । 

मुनमुन झन्डै लडेकी, तर सम्हालिई । 
उसले भेउ पाउनै सकिन, कति गर्दा पनि । त्यो भयो कसबाट र किन । सुत्ता, उठ्दा, बस्ता निदाउँदा पनि यही तन्द्रा भइसकेको थियो, देखाउन पो देखाइरहेकी थिइन त । घरबाहिर खोज गर्नमै प्रशस्त समय खर्चिरहेकी थिई । घरभित्र वातावरणै कस्तो थियो भने उजाडउजाड बस्ती भएजस्तो । न पतिसित राम्ररी बोल्न पाइरहेकी थिई, न आफ्नो कुरा खोल्न सकिरहेकी थिई । 

पतिको यस्तो हेलाँको तुफान ऊ सहन सक्ने अवस्थाबाट बिस्तारै उम्किन थाल्दै थिई । एक मन त नलागेको पनि होइन, के हुन्छ यस्ताले तर फेरि सम्झन्थी, यही केटालाई पतिका रूपमा पाउन उसले के के मात्र गरिन । यसैलाई पाउन कसकसलाई मात्र छाडिन । यो होनहार मात्र होइन, चौपट्टे बेस केटो हो । उसले निकै गहिरिएर अध्ययन गर्न भ्याइसकेकी थिई । यत्रो सहरमा तीन–चार बंगला, तीन–चार सवारी साधन, मौजा कतिकति, अनि के चाहियो त सचेत नारीलाई ¤ उसले अनुमान गरेकै भयो पनि, बिहेको दिनमै सुनैसुन, हीरैहीराले धपक्क छोपिदिएका थिए । यस्तो केटा छाडेर अरू के चाहियो त कुनै पनि होसियार कन्यालाई ¤ अनि यस्तो केटालाई त्यो ट्रुथ बताइरहन हुन्छ त चाहँदैमा ? बसिसकेको घाउ कोट्ट्याएजस्तो हुँदैन त ? विगत उप्कियो कि, आफ्नो स्थिति त्यस घरमा के होला । 

चलाकी त आफ्नो ठाउँमा छँदै थियो, पहिलापहिला पनि गर्थी मुनमुन । अहिले पनि बहानाबाजीलाई सकेसम्म स्वाभाविक रूपमा दिएर पस्किदिएकी नै हो, तर पति ! होसियार युवक न थियो, पत्याइहाल्ने मूर्ख त थिएन । 

कस्तो सोचेर सबै त्यागेर बिहे गरेको केटो । अब यस्तो देखाइरहेको थियो त्यस्तो केटाले । यति त अफेयर गरिएका पूर्वप्रेमीले पनि नगर्दा हुन् । 
घरकाहरू, सासूससुरा, नन्द–देवर आदि सोध्न थालिसकेका थिए । निर्णायक मोड नै देखापर्न पो थाल्यो त । 

कि म छैन कि तँ छैन कै गतिमा । 
के गर्ने के नगर्ने  यति छोटो दिनमै साँच्चै डिभोर्स भयो भने के होला । चिन्ताको टुसो कतै पलायो । अब रात झन् सकसपूर्ण पो हुन थाल्यो, निद्रा र चयन दुवैले माया मारेपछि । 

होस्, अब आफ्नो पारा झिक्न थाली मुनमुनले । के ठानेको छ, यस पति भनाउँदाले ¤ शिक्षित नारी हुँ, कसैको निर्भरमा रहन विवश त छैन । आमाबाबुले पढाइदिएका त्यसै हुन् र ¤ अब त्यो जमाना छैन, जहाँ पतिको बेवास्तामा नारीले तड्पेर बाँचिरहनु परोस् । अब नारी हितका लागि थुप्रै संघसंस्था खोलिएका छँदै छन् । केही प¥यो भने कहाँ छाड्छु र पतिलाई पनि त्यसलाई पनि । त्यसमाथि म केमा कम छु र ¤ मैले त यसलाई मन पराइदिएर पो यो मेरो पति बन्न पायो । मेरा लागि मरिहत्ते हाल्ने कम छन् र ¤ उही पनि केटा मान्छेलाई मुख सिँगारिदिए पुग्ने त हो नि, भित्र कसले हेरिरहन्छ र ¤ निकै राम्री छँदै छु, भनेको केटालाई आज्ञाकारी बनाउन सकिहाल्छु ।

पहिलेको आफ्नो धारणा कतैबाट टकटकाउँदै जब मुनमुनले निकाली तब अकस्मात् पीरको भारी शरीरबाट ह्वात्तै निक्लेजस्तो भयो । कुन्नि कता अलमलिरहेको थियो यो धारणा ।

अनि साँच्चै रामवाणकै काम गर्याे । निकै सहज देखिन थाल्यो । कतै केही छैन जस्तो । जस्तो म नै म मात्रै छु । 

यही मुड लिएर अब मुनमुन पतिअगाडि उभिई ।

प्रकाशित: ३० वैशाख २०७४ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App