१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

गर्मीमा घरको सजावट

गर्मी याम सुरु भयो । मौसमसँगै फेसनमा परिवर्तन हुन्छ । खानपिनमा परिवर्तन हुन्छ । त्यस्तै, मौसमअनुसार घरको सजावटमा पनि परिवर्तन गर्न सकिन्छ ।
–गर्मीमा फ्लोरल प्रिन्टका फेब्रिक बढी चल्छन् । हलुका र चम्किला रङका पर्दा र तन्ना प्रयोग गरी घरमा नयाँपन ल्याउन सकिन्छ । गाढा रङका तन्ना र पर्दाका साटो गर्मीमा फ्लोरल प्रिन्ट र हलुका रङका तन्ना र पर्दा प्रयोग गर्नु उपयुक्त हुन्छ ।
–सोफामा नयाँपन ल्याउन चम्किला रङका फ्लोरल प्रिन्टका कुसन र तकिया प्रयोग गर्न सकिन्छ ।
–गर्मीबाट बच्न पूरै पर्दा खोलेर बस्न रुचाउनेले झालर अथवा बिड्सका माला झुन्ड्याउन सक्छन् ।
–फ्लावर पोटमा सजिएका फूलले आँखालाई शीतलता प्रदान गर्छन् । सुन्दर फ्लावर पोट किनेर त्यसमा दिनहुँ ताजा फूल राख्दा घर सुन्दर देखिनुका साथै मनै खुशी हुन्छ । गर्मीमा पहेँला र सुन्तला रङका फूलले घरलाई अझै सुन्दर देखाउनेछन् ।
–डेकोरेटिभ ग्रिन प्लान्टलाई सुत्ने कोठाको एउटा कुनामा राखेर हरियालीको आभास गर्न सकिन्छ ।
–गर्मी मौसममा कोठामा कार्पेटका साटो दरी अथवा चटाई ओछ्याउँदा राम्रो हुन्छ । कार्पेटले गर्मीको महसुस गराउँछ ।
–पुरानो फर्निचरलाई नयाँ लुक दिन हलुका र चम्किला रङले रंगाउन सकिन्छ । पुरानो खैरो रङका कुर्सी–टेबलमा नीलो अथवा हरियो रङ लगाउन सकिन्छ ।
–घरलाई सुगन्धित बनाउन सुगन्धित मैनबत्ती, अगरबत्ती अथवा रुम फ्रेसनरको प्रयोग गर्न सकिन्छ ।
–मौसमपिच्छे घरको भित्ताको रङ बदल्न सकिन्न । जाडोमा गाढा र गर्मीमा हलुका रङ लगाउन सकिन्न । तर, गर्मीमा हलुका र चम्किला रङका पेन्टिङ झुन्ड्याएर घरलाई आकर्षक बनाउन सकिन्छ ।

 

प्रकाशित: ३० वैशाख २०७४ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App