coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘मेरो भोटले देशमा शान्ति ल्याउँछ’

भेरी नगरपालिका ४ रानागाउँस्थित कस्तुरी सहकारी बोर्डिङ स्कूल केन्द्रमा बाकसमा  भोट खसाल्दै ९०वर्षीय कर्णवहादुर भडेल । तस्बिर : जनक केसी

जाजरकोट – भेरी नगरपालिका ४ गैरीखालीका ९० वर्षीय कर्णबहादुर भडेल  अन्य दिन भन्दा आइतबार बिहान सवेरै उठे ।  छोरा  सत्रुधनकुमार भडेललाई विहान ५ बजेदेखि नै मतदान केन्द्रमा जाने समय बारम्बार सोधिरहे । 

बुबाको इच्छा अनुसार सत्रुधन भडेलले  बुबालाई बिहान ६ बजे नै कस्तुरी सहकारी बोर्डिङ स्कुल मतदान केन्द्रमा पुर्याए । घरीघरी कति बेला भोट हाल्न पाइन्छ भन्दै प्रश्न सोधिरहेका कर्णबहादुर मतदान केन्द्रमा  सबै भन्दा अगाडिको लहरमा बसेका थिए । 

सबै भन्दा पहिले मतदान केन्द्रमा पुगेर भोट हालेका कर्णवहादुरलाई भोट किन हाल्नु हुन्छ भन्ने नागरिकको प्रश्नमा उनले भने, ‘धेरै भयो यो देशमा शान्ति नआएको अब शान्ति आउँछ कि भनेर भोट हाल्छु ।’

२०१५ सालको आम निर्वाचनमा पहिलो पटक भोट भोट हालेका उनलाई   देशमा राजतन्त्र ढलेको, गणतन्त्र आएको  अन्य राजनैतिक परिवर्तन भएको भन्दा बढी  शान्ति छाएको  सुन्ने र देख्ने  ठूलो धोको  छ ।
 शारिरीक रुपले अशक्त भइसकेका उनले २०१५ सालदेखि  पञ्चायतकालका सबै निर्वाचनहरू र  बहुदलका निर्वाचनमा पनि  लगातार  भोट हालेका छन् ।

सधै भोट हाल्छु देशमा शान्ति आउँछ  कि भन्ने लाग्छ तर  सधँै लडाइ र झगडा मात्र भएको सुन्छु उनले भने ।  देशलाई  राम्रो होस भनेर  म सधैँ भोट हाल्छु उनले भने ।
 
कर्णवहादुर जस्तै भेरी नगरपालिका ३ माथि थाप्लेका ८४ वर्षीय योग सम्सेर शाहले पनि  बिहान सबेरै मतदात केन्द्रमा पुगेर भोट हाले ।
 
योगसम्सेरले  पनि २०१५  सालको आम निर्वाचनपछि लगातार अहिलेसम्म भोट हालिरहेका छन् । देशमा  शान्ति र विकास होस भनेर  भोट हालेको  उनले बताए ।  
बुढेसकालमा  हाम्रो लागि सरकारले केही गर्छ कि भन्ने आसाले  आफूले भोट हालेको उनले बताए । कर्णबहादुर र योगसम्सेरको मात्र होइन अधिकांश मतदाताहरूको इच्छा  देशमा शान्ति, विकास र रोजगारी होस भन्ने रहेको छ ।
 
आफ्नो भोटको सदुपयोग भनेको नै सबैले देश भित्रै रोजगारी पाउन र शान्तिसँग आफ्नै ठाउँमा बस्न पाइयोस उनीहरु भन्छन् । जिल्लाका  ८५  मतदान स्थलका  १ सय १३ मतदान केन्द्रमा  शान्तिपूर्ण ढंगले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले बताए । 

 

प्रकाशित: ३१ वैशाख २०७४ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App