भोट हालेर फर्किएका कलाकार विक्रम परियारको हत्या

आइतबार, ३१ बैशाख २०७४, २० : ३८ स्मृति ढुंगाना  | @aesmriti


काठमाडौं– नेपाली रंगमञ्चमा सक्रिय कलाकार विक्रम परियारको  हत्या भएको छ। स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनँहू ब्यास पुगेका उनको अज्ञात समूहको आक्रमणमा मृत्यु भएको हो।

‘स्थानीय तह पहिलो चरणको निर्वाचन सकिएको केही पछि तनँहू व्यास वडा नंम्बर १ मा अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु भएको छ। उनीसँग रहेका अन्य १ व्यक्ति भने गम्भीर घाइते छन्’, तनँहू व्यासका सई मनोज पाण्डेले नागरिकन्युजसँग भने।

ब्यास वडा नंम्बर १ मा परियारमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

‘स्थानीय तह पहिलो चरणको निर्वाचन सकिएको केही पछि तनँहू व्यास वडा नंम्बर १ मा अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु भएको छ। उनीसँग रहेका अन्य १ व्यक्ति भने गम्भीर घाइते छन्’, तनँहू व्यासका सई मनोज पाण्डेले नागरिकन्युजसँग भने।

कलाकार परियार एक्टर्स स्टुडियो नेपालसँग आवद्ध थिए। पछिल्लो समय उनी गायनतर्फ पनि लागेका थिए।

उनी निर्वाचनमा मतदान गर्न शनिबार मात्रै दमौली पुगेका थिए। तनँहू व्यास १ को जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका थिए।

हत्या किन र कसले गर्‍यो भन्ने खुल्न सकेको छैन।  घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन्। ...

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका...

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ। विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३...

भिलेन मौनी

भिलेन मौनी

भारतीय टेलिभिजनमा ‘नागिन’का रुपमा परिचित मौनी रोयको अभिनयको गाडीले केही समय अघिमात्र बलिउडको ट्रयाक समातेको छ । उनी अभिनित फिल्म...