८ वैशाख २०८१ शनिबार
राजनीति

ललितपुर महानगरपालिकाः एक नम्बर वडामा काँग्रेस विजयी

काठमाडौं –ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले विजय सुरुवात गरेको छ। निर्वाचन कार्यालयकाअनुसार कांग्रेस उम्मेदवार ललितपुर वडा नम्बर एकमा वडा अध्यक्ष र तीन सदस्यमा विजयी भएका छन्।

दलित महिला सदस्यमा नयाँ शक्तिकी बीनाकुमारी पोडे विजयी भएकी छिन्। वडा अध्यक्षमा कांग्रेसका निर्मल तण्डुकार ६९२ मतसहित बिजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी राप्रपाका राजु नगरकोटी रहे।

वडा सदस्यहरुमा कांग्रेसकै हरिहर तण्डुकार ६४६ र महिला सदस्यमा सुशीला सिजापती ६२९ मत ल्याएर विजयी भए। महानगरको वडा नम्बर एकमा राप्रपा र एमालेबीच तालमेल भएको थियो। तालमेलअनुसार ललितपुर महानगरपालिका वडा नम्बर १ वडा अध्यक्षमा एमालेले राप्रपा उम्मेदवारलाई समर्थन गरेको थियो।

प्रकाशित: १ जेष्ठ २०७४ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App