coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काभ्रेका २ नगरपालिकामा मतदान भोली

 बनेपा – काभ्रेका १३ वटा स्थानीय तहमध्ये २ वटा नगरपालिकामा स्थगित भएको निर्वाचन भोलि बुधबार हुने भएको छ।

धुलिखेल नपा–१२ का वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको कालगतिले मृत्यु भएपछि सो वडाको मतदान केन्द्रमा निर्वाचन स्थगित गरिएको थियो । यस्तै, नमोबुद्ध नपा–४ मा स्थानीय युवा नवराज पाठकको गोली प्रहारबाट मृत्यु भएपछि स्थानीयले निर्वाचनमा भाग नलिने अडान लिएका कारण स्थगित भएको थियो ।

‘बुधबार धुलिखेल–१२ को शंखेश्वरी महालक्ष्मी मावि तथा इँटे सामुदायिक भवन केन्द्रमा र नमोबुद्ध–४ जनक मावि मतदान केन्द्रका निर्वाचन गर्न सबै तयारी पुरा भएको छ’, जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक एवं काभ्रेका प्रजिअ शिवप्रसाद सिमखडाले जानकारी दिए । 

धुलिखेल–१२ मा १ हजार ८ सय १८ र  नमोबुद्ध–४ मा १ हजार ३ सय ७२ मतदाता रहेका छन् ।

प्रकाशित: २ जेष्ठ २०७४ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App