८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चलचित्र चुहावट गरिदिने ह्याकरको चेतावनी

लन्डन – आफ्नो आउन लागेको एउटा चलचित्रका लागि फिरौती नतिरे अनलाइनमार्फत् सार्वजनिक गरिदिने ह्याकरले चेतावनी दिएको फिल्म स्टुडियो डिस्नीले बताएको छ । 

टाउन हलमा भएको बैठकमा डिस्नीका कार्यकारी निर्देशक बब इगरले चलचित्र सार्वजनिक नगराउने हो भने फिरौती रकम तिर्न माग गरेको जनकारी दिएका छन् । 

कार्यकारी निर्देशक इगरले ह्याकरले कुन चलचित्रका लागि फिरौती मागेको नबताएपनि मनोरञ्जनसम्बन्धी समाचार प्रकाशित गर्ने डेडलाइन सञ्चारगृहले जारी गरेको रिर्पोटका अनुसार उक्त चलचित्र ‘पाइरेट्स अफ त क्यारिबियन ः डेढ मेन टेल नो टेल्स’ रहेको छ । इगरले डिस्नीले फिरौती तिर्न अस्विकार गरेको बताउँदै स्टुडियोले जटिल अनुसन्धान गरिरहेको बताए । 

उनले ह्याकरहरुले बिटकोइनमा फिरौती माग गरेको बताउँदै फिरौती नदिए बीस बीस मिनेटको टुक्रा टुक्रा गर्दै चलचित्र सार्वजनिक गर्ने चेतावनी दिएको बताए । 

डिस्नी स्टुडियोको चलचित्र अनलाइनमार्फत सार्वजनिक गर्ने चेतावनी दिइएको यो पहिलो घटना भने नरहेको बताइएको छ । गत महिना पनि ह्याकरको एक समूहले नेटफिक्स कम्पनीले फिरौती तिर्न नमानेपछि ‘ओरेन्ज इस द न्यू ब्ल्याक’ को पाँचौ संस्करण अनलाइनमार्फत सार्वजनिक गरिदिएको थियो।

‘डेढ मेन टेल नो टेल्स’ पाइरेट्सको विशेषाधिकार रहेको पाँचौं संस्करण हो । यस चलचित्रमा जोन्नी डिप क्याप्टेन ज्याक स्प्यारोको चरित्रका रुपमा जियोफ्रे रुस र अर्लान्दो ब्लुमसँगै समुन्द्रमा फर्किएको कथामा आधारित रहेको छ । चलचित्र अमेरिकको विभिन्न हलमा २६ मे मा प्रदर्शन गर्ने तय भएको छ । 

जुनैपनि बस्तु जसको मूल्य हुन्छ त्यसको डिजिटल वा भौतिक रुपमा नै जहिले चोरीको शिकार हुने आशंका हुने इसेटका आइटी सेक्युरिटी कम्पनीका सुरक्षा विशेषज्ञ मार्क जेम्सको भनाइ उद्धृत गर्दै बिबिसीले जनाएको छ । 

चलचित्रको कपी कसरी ह्याकरको हातमा पुग्न गयो भन्ने विषयमा अझै प्रष्ट नभइसकेको बताइएको छ । ह्याकरहरुले सुरक्षित मानिएको डिस्नीको आइटीमा हमला गरे वा मानवीय त्रुटीका कारण उनीहरुको हातमा चलचित्रको कपी पुग्यो त्यो विषयमा पनि अनुसन्धान भइरहेको बिबिसीले जनाएको छ । केही दिन अघि मात्रै विश्वभर त्रास फैलाएको ‘र्यान्समवयर’ हमला पछि आएको यस्तो चेतावनीसहित फिरौती माग गर्ने तरिका साइबर अपराधमा प्रख्यात मानिन्छ ।

दुःखको कुरा के छ भने ह्याकरका लागि यो सजिलो तरिकाबाट पैसा आर्जन गर्ने शैली हो । ‘ब्लकबस्टर’ चलचित्र होस् वा पारिवारिक महत्वपूर्ण फोटा नै किन नहोस् मानिसहरुले ह्याकरलाई फिरौती दिन तयार हुने गर्छन किनभने उनीहरु आफ्नो डाटा फिर्ता लिन चाहन्छन् । यसरी फिरौती तिरेपनि अपराधीहरुले पछि फेरी यस्तै खालको माग गर्दैनन् भन्ने कुनै ग्यारेन्टी नहुने पनि बिबिसीले जनाएको छ। 

प्रकाशित: ३ जेष्ठ २०७४ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App