coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जाजरकोटको बारेकोटमा ९ मतले काँग्रेस विजयी

जाजरकोट – आइतबार भएको स्थानीय तहको निर्वाचनको पछिल्ले मत परिणाम अनुसार जिल्लाको बारेकोट गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका  महेन्द्रवहादुर शाह ९ मत अन्तरले विजयी भएका छन् ।

प्रतिद्वन्द्वी माओवादी केन्द्रका तिलकबहादुर रावतलाई ९ मतले हराउँदै शाह विजयी भएका हुन् ।  शाहले ३ हजार १ सय  ३८ मत पाएका छन् भने रावतले  ३ हजार १ सय २९ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी उमा शाही विजयी भएकी छिन् । उनले  २ हजार २ सय  २४ मत पाएकी छिन् । 

योसँगै जाजरकोटमा नेपाली काँग्र्रेसले दुई गाउँपालिका जितेको छ भने एमालेले  एक गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ । पछिल्लो मत परिणाम अनुसार  कुसे गाउँपालिकामा काँग्रेसका हरिचन्द्र बस्नेत प्रमुख र उपप्रमुखमा काँग्रेसकै रामछाया शाही विजयी भइसकेका छन् । त्यस्तै  एमालेका तर्फवाट शिवालय गाउँपालिका प्रमुखमा नरेन्द्रवहादुर शाही र उपप्रमुखमा  एमालेकै कुमारी थापाले  जीत हात पारेकी छिन् । 

जिल्लाको सवैभन्दा ठूलो नगरपालिका भेरी नगरपालिकामा एमालेको प्रमुख र उपप्रमुखको जित निस्चित जस्तै भइसकेको छ । एक वडाको मात्र मत गणना बाँकी रहँदा एमालेका सीपी घर्तीले ३ हजार ९ सय ६७ मतले  अग्रता लिएका छन् भने उनलाई  नेपाली काँग्रेसका सनतकुमार कार्कीले तीन हजार  ५  सय  ३५ मतका साथ  पछयाइरहेका छन्  । माओवादी केन्द्रका ढकवीर रानाले तीन हजार २ सय २५मतले तेस्रो स्थानमा छन्  ।  

त्यस्तै उपप्रमुखमा एमालेकै भावना भण्डारीले  ३ हजार ८ सय ६८ मतले अग्रता लिएकी छिन् भने  काँग्रेसकी धना चपाइले  ३ हजार २ सय २६ मतले भण्डारीलाई पछयाएकी छिन् ।  यस्तै माओवादी केन्द्रकी कृष्णा आचार्यले  ३ हजार २  सय २५ मत पाएकी छिन् । भेरी नगरपालिकाको  ५ नंको मतगणना हुँदा ९ मत बढी भेटिएको भन्दै विवाद भएपछि गणना रोकिएकोमा अहिले सर्वदलीय वैठक वसेर गणना सुचारु गरिने मुख्य निर्वाचन अधिकृत  लिलाराज अधिकारीले बताए।  अन्य नगरपालिका र गाँउपालिकाको मतगणनाको अवस्था भौगोलिक विकटता र  मौसमी खरावीका कारण बिहानसम्म नआएको  निर्वाचन समन्वय समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । बिहान १० बजेपछि मात्र यसबारे जानकारी आउने उनले बताए । 

प्रकाशित: ३ जेष्ठ २०७४ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App