coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ललितपुरमा राप्रपालाई एमालेको धोका !

ललितपुर— स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडा भएको तलमेललाई मतदाताले अस्वीकार गरिदिएका छन्। एमाले मतदाताको सहयोग नपाउँदा महानगरपालिकाका ७ वडाको मतपरिणाम आउँदा राप्रपा वडा सदस्यमा समेत विजयी हुन सकेको छैन।

एमाले मतदाताको सहयोग नपाउँदा महानगरपालिकाका ७ वडाको मतपरिणाम आउँदा राप्रपा वडा सदस्यमा समेत विजयी हुन सकेको छैन।

बुधबार बिहानसम्म १ नम्बरदेखि ७ नम्बर वडासम्मको मतपरिणाम आएको छ। ७ मध्ये ४ वटा वडामा एमाले विजयी भएको छ भने ३ वडा काँग्रेसको पक्षमा गएको छ। ललितपुरमा कूल २९ वडा छन्।

एमालेले मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुलाल प्रधानलाई मतदानगर्ने सहमति अनुसार ललितपुरको उपमेयरमा एमलेले उम्मेदवार उठाएको थिएन। बुधबार बिहानसम्मको मतपरिणाममा राप्रपाका उपमेयर उम्मेदवार बाबुकाजी प्रधानले पाएको मतभन्दा सूर्यचिन्हमा खसेको मत धेरै छ।

पछिल्लो मतपरिणामअनुसार राप्रपाका उपमेयर उम्मेदवार बाबुकाजी प्रधानले २३१७ मत पाएका छन्। उम्मेदवार नभएको सूर्यमा ३७७२ मत परेको छ।

एमालेले ललितपुरमा सुकुमाया तामाङलाई उपमेयर उम्मेदवार उठाउने निश्चित भइसकेको अवस्थामा राप्रपासँग तालमेल भएको थियो। मेयरमा राप्रपाले एमालेलाई मतदान गर्ने र उपमेयरमा एमालेले राप्रपालाई सघाउने सहमति भएको थियो।

उम्मेदवारी दर्ताको समयमा राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेतासँग छलफल गरी तालमेलको अवस्था निर्माण गरेका थिए। यसअघि राप्रपाकै समर्थनमा ओली प्रधानमन्त्री भएका कारण पनि दुई पार्टी नेतृत्वबीच राम्रो सम्बन्ध देखिन्छ। एमालेका निष्ठावान कार्यकर्ताहरु गाई चिन्हमा मतदान गर्न लगाउने नेतृत्वको दवाबप्रति असन्तुष्ट देखिएका थिए। ललितपुरको उपमेयरमा खसेको मत त्यही असन्तुष्टिको परिणाम भएको बुझाइ ललितपुर एमालेजनको छ।

प्रकाशित: ३ जेष्ठ २०७४ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App