coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई करोड अबैध भारु सहित गिरोहनै पक्राउ

काठमाडौं - सुरक्षा संगठन निर्वाचन सुरक्षामा केन्द्रीत भएको मौका छोपेर प्रतिबन्धीत एक हजार र पाँच सयको भारतीय रुपैंया नेपाल भित्र्याउन सक्रिय समूह पक्राउ परेका छन् । हजार र पाँच सयको २ करोड १४ लाखको नोट सहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको गौरीघाटबाट बुधबार १५ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार पक्राउ गिरोहले अबैध तरिकाले आर्जन गर्न ती रुपैंया भारतबाट नेपाल ल्याएर अबैध रुपमा कारोबार गर्ने गरेका थिए । अबैध गतिविधीमा संगठित समूह संलग्न रहेको सूचनाको आधारमा अनुसन्धानमा जुटेको ब्युरोले बुधबार काठमाडौं महानगरपालिका ८ वडाको विनायक नगर कुमारीगालमा रहेको कमला भण्डारीको डेरा र तिलगंगाको होटल अगाडि रोकेको गाडिमा ती रुपैंया फेला परेको ब्युरोकी प्रवक्ता मिरा चौधरीले जानकारी दिइन् ।
ब्युरोका अनुसार भण्डारीको कोठाबाट २ वटा झोलामा राखेको ९८ लाख भारतीय रुपैंया फेला परेको थियो । तिलगंगामा रहेको शम्भु मार्गमा रहेको  होटेल पाँचथर अगाडी रोकिराखेको लु २ च १९० नम्बरको सेन्ट्रो कारमा ३ वटा कालो रंगको झोलाबाट १ करोड १८ लाख फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ब्युरोका अनुसार अबैध भारुको कारोबारमा संलग्न अभियोगमा कमला भण्डारी, मोरङका दिलिप कुमार लाल, मेघ बहादुर थापा, काठमाडौंका सानुराजा रंजित र राजकुमार गिरी पक्राउ परेका छन् ।
भारतीय नागरिक अङ्कुर अग्रवाल, दिनेश अग्रवाल र  अनिल कुमार पन्साली, मोरगंका सुरेन्द्र कुमार सङ्घाई, नवलपरासीका संजय कुमार चौधरी, कास्कीका नवराज गुरुङ्ग, अछामका पृथ्वी शाह, काठमाडौंका मजेन लामा, अमिरुद्दीन र पूर्ण बासी गुप्ता पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई ब्युरोले राजश्व अनुसन्धान विभागमा बुझाएको जानकारी दिएको  छ ।  

 

प्रकाशित: ३ जेष्ठ २०७४ १५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App