४ वैशाख २०८१ मंगलबार
राजनीति

अाफ्नै वडामा वर्चश्व राख्न सकेनन् ललितपुरका मेयर उम्मेदवारले

ललितपुर—ललितपुर महानगरपालिकाको मत गणना निकै रोचक र सनसनीपूर्ण बन्दै गएको छ। महानगरका २९ वडामध्ये नौ वडासम्मको नतिजामा आईपुग्दा दोस्रो पटक झिनो मतानन्तरले एमाले अघि लागेको छ। यसभन्दा पनि रोचक त महानगरको मेयर पदका प्रमुख प्रतिस्पर्धी बनेका कांग्रेस र एमालेका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले आफू निवासी रहेको वडामा बर्चस्व जोगाउन सकेनन्।

महानगरपालिका वडा नम्बर ३ पुल्चोकका स्थायी बासिन्दा चिरीबाबुको वडामा नेकपा एमालेका श्रीलाल महर्जनको प्यानल विजयी भएको छ । उत महानगरको वडा नम्बर नौ च्यासलका स्थायी बासिन्दा हरिकृष्ण ब्यञ्जनकारको वडा नम्बर नौमा कांग्रेसका राजु महर्जनले जितेका छन ।

चिरीबाबुले पुल्चोकको भूपू सैनिक संगठनको मतदान केन्द्र र हरिकृष्णले च्यासलस्थित श्रमिक शान्ति माबीमा मतदान गरेका थिए ।

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App