४ वैशाख २०८१ मंगलबार
खेल

भलिबल टोली डेनमार्क जाने

काठमाडौं – नेपाल र डेनमार्कबीच दौत्य सम्बन्ध ५० वर्ष पुगेको अवसरमा दुई मैत्रीपूर्ण भलिबल खेल हुने भएका छन् । नेपालको राष्ट्रिय पुरुष टोलीले डेनमार्कको हाभिडोर्भे क्लबसँग आइतबार पहिलो खेल खेल्नेछ । 

मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली शुक्रबार डेनमार्क जाने तयारीमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) पे्रस सल्लाहाकार रोहित दाहालले बताए । नेपालले खेलेर फर्किएको केही साता हाभिडोर्भे क्लबले नेपालको भ्रमण गर्नेछ । हाभिडोर्भे र राष्ट्रिय टोलीले पोखरामा दोस्रो मैत्रीपूर्ण खेल खेल्ने तयारी भइरहेको दाहालले बताए । दाहालले भने, ‘डेनमार्क एनआरएनमार्फत प्रस्ताव आएको हो । हामीले त्यसमा सहमति जनाउँदै मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हौं ।’ 

राष्ट्रिय खेलकुद परिषद्को समन्वय र डेनमार्क एनआरएनको सहयोगमा नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले नेपाली टोली व्यवस्थापक कुमार गुरुङ र प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा डेनमार्क जान लागेको बताए । १० खेलाडी र २ अफिसियलसहित डेनमार्क जान लागेको नेपालले इम रानाको कप्तानी खेल्नेछ । गत वर्ष माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोन भलिबल खेलेका खेलाडीले मैत्रीपूर्ण खेल खेल्ने इमले बताए। 

गत वर्ष नेपाल सेन्ट्रल जोनबाट कांस्य पदक जितेर फर्किएको थियो । नेपालले तेस्रो पटक युरोपमा गएर भलिबल खेल्दै छ । यसअघि नेपालले पहिलो पटक सन् १९७८ मा मस्कोमा खेलेको थियो । त्यसपछि नेपालले सन् १९८८ मा मस्को र जर्मनीमा खेलेर फर्किएको थियो । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App