४ वैशाख २०८१ मंगलबार
कला

प्रियंका चोपडाको नेपाली फिल्मको ट्रेलर कान्समा

काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको फिल्म ‘पौवा’ को ट्रेलर कान्स फिल्म फेस्टिभलमा सार्वजनिक हुने भएको छ। बुधबारदेखि सुरु भएको कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री प्रियंका चोपडासहित दीपिका पाण्डुकोण, ऐश्वर्या राय बच्चन र सोनम कपुरले सहभागिता जनाउँदैछन्।

सिक्किमेली प्रोडक्सनबाट अभिनेत्री चोपडाले निर्माण गरेको फिल्मलाई पखी टायरवालाले निर्देशन गरेका हुन्। ‘नेपाली भाषाको फिल्म ‘पौवा’को ट्रेलर कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुँदैछ। बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, दीपिका पाण्डुकोण, ऐश्वर्या राय बच्चन र सोनम कपुरसहित ‘पौवा’ फिल्म युनिटले कान्स्मा प्रदर्शन हुने ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदैछन्,’निर्देशक टायरवालाले भने।

सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीले अभिनय गरेको ‘पौवा’ फिल्मको सुटिङ गत मार्चमा सुरु भएकोे थियो। फिल्म ‘पौवा’ अर्थात पाहुनामा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिएको छ।

फिल्मलाई अभिनेत्री चोपडा र उनकी आमा मधुले २०१५मा स्थापना गरेको पिबल प्रोडक्सनले निर्माण गरेका हुन् । कान्स फिल्म फेस्टिभल आगामी जेठ १४ सम्म चल्नेछ ।

 

प्रकाशित: ४ जेष्ठ २०७४ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App