६ वैशाख २०८१ बिहीबार
राजनीति

ललितपुरको दुर्गममा माओवादी, सुगममा कांग्रेस–एमाले

गोदावरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गजेन्द्र महर्जन

ललितपुर—ललितपुरका दुई नगरपालिकामध्ये एउटा नेपाली कांग्रेसले जितेको छ। गोदावरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए।

ललितपुरका तीन गाँउपालिका तीन प्रमुख पार्टीबिच भागबण्डा भएको छ। क्षेत्रकै विकट मानिएको कोन्ज्योसोममा माओवादी केन्द्र, महाँलक्ष्मीमा एमाले र बाग्मतीका काँग्रेसले जितेको हो।

त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत ल्याएर जितेकी छन्।  एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रका सीता घिमिरेले छ हजार ४१३ मत प्राप्त गरि क्रमस दोस्रो र तेस्रो भए।

ललितपुरका तीन गाँउपालिका तीन प्रमुख पार्टीबिच भागबण्डा भएको छ। क्षेत्रकै विकट मानिएको कोन्ज्योसोममा माओवादी केन्द्र, महाँलक्ष्मीमा एमाले र बाग्मतीका काँग्रेसले जितेको हो।

निर्वाचन कार्यालयका अनुसार वाग्मती गाउँपालि अध्यक्षमा नेपाली काँग्रेसका वीरबहादुर लोप्चन, कोञ्ज्योसोममा नेकपा माओवादी केन्द्रका गोपीलाल सिङ्तान र महाँकाल गाउँपालिकामा नेकपा एमालेका रामचन्द्र दाहाल विजयी भएका छन्।

वाग्मती गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लोप्चनले तीन हजार ४०२ मत ल्याएर जितेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद घिमिरेले दुई हजार २५२ मत प्राप्त गरेका छन्।

सोही गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै रञ्जना तिमल्सिनाले तीन हजार ४२६ मत ल्याएर विजयी  भईन । निकटतम प्रतिद्वन्द्वी एमालेकी डोलकुमारी सिङ्तानले दुई हजार ३४० मत प्राप्त गरेकी थिइन। कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्षमा एक हजार ७९८ मत ल्याएर माओवादीका सिङतान विजयी भएका हुन । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनप्रसाद घिमिरेले एक हजार ७३२ मत ल्याएका थिए।

उपाध्यक्षमा माओवादी केन्द्रकी मिङ्मा लामाले एक हजार ९३३ मत ल्याएर विजयी भईन भने निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला दुलाल घिमिरेले एक हजार ४५७ मत प्राप्त गरेकी थिइन।

महाँकाल गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहालले दुई हजार ८० मतका साथ विजयी भए, दोस्रो स्थानमा रहेका काँग्रेसका भिमसेन घिमिरेले एक हजार ७२२ मत ल्याएका छन्।

गाउँपालिकाको उपाध्यक्षमा २ हजार २६३ मत ल्याएर एमालेका कमला तामाङले जित्दा काँग्रेसका सुशीला अधिरकारीले एक हजार ३९९ मत ल्याएका थिइन।

वाग्मती गाउँपालिकाका चारवटा वडामा कांग्रेस र तीन वडामा एमालेले जितेको छ । कोञ्ज्योसोम गाउँपालिका तीनवडामा  माओवादी केन्द्र र दुई काँग्रेसले जितेको छ । यस्तै महाँकाल गाउँपालिका चार वडामा एमाले र दुईवटा वडामा कांगे्रस र एमाले आएका छन ।  वडा नम्बर २, ३, ४ र ६ मा एमाले, वडा नम्बर एकमा कांग्रेस र वडा नम्बर पाँचमा एमालेले जितेको हो ।

प्रकाशित: ५ जेष्ठ २०७४ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App