coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

न्यूयोर्क—वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।
 
नेपालमा लोप हुन लागेका जैविक विविधता र वन्यजन्तु संरक्षणको लागि केटिके बेल्टले निर्माण गर्न लागेको भर्टिकल युनिभसिर्टिको अवधारण प्रोजेक्टले ‘द क्राउडराइज अर्थ डे रोडम्याप क्लाइमेट च्यालेन्ज’ प्रतियोगितामा दोस्रो हुँदै सो रकम प्राप्त गरेको संस्थाका निर्देशक राजीव गोयलले बताए। हाल अमेरिकामा रहेका उनले छिट्टै नेपाल फर्केर बाँकी काम गर्ने बताए।
 
संसारभरका वातावरणी परिवर्तनका विषयमा काम गर्ने मध्ये ६० संस्थाले आफ्नो संस्थाको कार्यक्रम र उद्देश्यबारे जानकारी गराएर जसले बढी च्यारीटी रकम जम्मा गर्न सक्दछ उसैलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको हो।
 
संस्थाले अन्तर्राष्टिय प्रतियोगितामा अन्तिम छनौटमा दोश्रो भएकोले ७५ हजार डलर केटीके बेल्टले जितेको निर्देशक राजीव गोयलले नागरिकन्युजलाई बताए।
 
द रोडम्याप नामक संस्थाले वातावरणीय क्षेत्रमा काम गर्दै आएको स्थानीय तहमा गरेको कामलाई प्रवद्र्धन एवं अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले सबैभन्दा धेरै रकम जम्मा गर्ने संस्थालाई क्रमश एक लाख, ७५ बजार २५ हजारका दरले पुरस्कार दिएकोे हो। सो प्रतियोगितामा इन्डोनेसियाको ग्रिन स्कुल २ लाख भन्दा बढी रकम संकलन गरी पहिलो पुरस्कार स्वारुप एक लाख डलर हात पारेको छ। सो संस्थाले प्रतियोगितामा पहिलो भएवापत १ लाख डलर नगद पुरस्कार जितेको हो।
 
केटिके बेल्ट टिमले करिब एक महिनाभित्रमा झन्डै ४ सय भन्दा बढी व्यक्तिबाट १ लाख ५७ हजार ७ सय ८२ संकलन गरेको गोयलले बताए। यसको साथै ४ हजार डलरको मिनि च्यालेन्ज पुरस्कार र ३ हजार डलरको अफलाइन गरी २ लाख ३९ हजार ७ सय ८२ डलर रकम संकलन गर्न सफल भएको उनले सुनाए। सो रकम संस्थाको उद्देश्य केन्द्रित कार्यक्रममा खर्च गरिने उनले सुनाए।
 
कोशी नदीको आसपासको ६७ मिटरको कोशी टप्पुदेखि ८ हजार ५सय ८६ मिटरको कन्चनजंगसम्मको क्षेत्रमा भर्चुवल युनिभसिर्टि सन्चालनका लागि सन् २०१४ मा केटिके बेल्ट प्रोजेक्ट शुरु भएको थियो। केटिकेको यो टिमले युनिभसिर्टि बनाउनका लागि फण्डराइजिङ टिममा ११ देशको ४० जना स्वयमसेवकहरु परिचालन गरेको थियो।
 
गोयलका अनुसार पुरस्कार जितेकोले अब नेपालका १० जना युवालाई फेलोसिप दिने, चुरेको साँख बचाउन, कोसी टप्पुमा चरा संरक्षरण केन्द्र, र धनकुटामा अध्ययन केन्द्र स्थापना गर्ने लगायत योजनाहरु तत्कालै शुरु हुने बताए।
 
संस्था अमेरिकमा दर्ता भई नेपालको समाज कल्याण परिषदमा दर्ता गरी अमेरिकी नागरिक राजिव गोयल र उनकी पत्नी प्रियन्का विष्टको पहलमा नेपालको सुनसरीको यंसिलामा नमुना रुपमा वातावरणीय परिवर्तन जोगाउने उपायबारेमा विगत चार बर्षदेखि जनचेतना जोगाउने काम गर्दै आएको छ।

आयोजक संस्थाले संसारभर वातावरणीय क्षेत्रमा काम गर्दै आएको संस्थाले स्थानीय तहमा गरेको कामलाई प्रोत्साहित गर्नका लागि सो प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रतियोगिताले नेपालको वातावरणीय परिवर्तनका सवालहरु विश्वव्यापीकरण भएको छ। 

प्रकाशित: ५ जेष्ठ २०७४ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App