८ वैशाख २०८१ शनिबार
राजनीति

मकवानपुरको राक्सिराङमा काँग्रेस, मनहरीमा एमाले

अशोक सुजन श्रेष्ठ

हेटौँडा- मकवानपुरको चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार मल्ल निर्बाचित भएका छन्। उनले प्रतिद्धन्द्धी नेकपा एमालेका लालबहादुर थापा मगरलाई पाँच सय ९५ मतअन्तरले जित हासिल गरे।

मल्लले ३ हजार ५ सय ३९ मत पाएर बिजयी हुँदा मगरले २ हजार ९ सय ४४ मत प्राप्त गरे। उपाध्यक्षमा नेपाली काँग्रेसकै निर्मला हिम्डुङ विजयी भईन्। उनले ३ हजार ५ सय ३५ र प्रत्यासी नेकपा एमालेकी सुन्तलीमायाँ प्रजाले २ हजार ९ सय ५० मत प्राप्त गरेको राक्सिराङका निर्बाचन अधिकृत खडानन्द गौतमले जानकारी दिए। अध्यक्षमा निर्बाचित मल्ल २०५४ सालमा तत्कालिन खैराङ गाविसको अध्यक्षमा निर्वाचित भएका थिए।

 

मनहरीमा एमालेका उप्रेती

मनहरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका एकराज उप्रेती निर्वाचित भएका छन् । उनले ४ हजार ६ सय ४९ र प्रत्यासी काँग्रेसका शंकर न्यौपानेले ४ हजार ३ सय ४० मत प्राप्त गरे । उपाध्यक्षमा पनि नेकपा एमालेकी मनिला विष्ट ५ सय ४ मत बढी ल्याएर विजयी भईन् । उनले ४ हजार ६ सय ३१ र काँग्रेसकी कमला कार्कीले ४ हजार १ सय ६७ मत प्राप्त गरिन् ।

राक्सिराङमा चार वडाध्यक्षसहित १३ चेपाङ जनप्रतिनिधी

राक्सिराङ गाउँपालिकाको चार वडाको अध्यक्षमा चेपाङले जितेका छन् । राक्सिराङ गाउँपालिकाको ५, ६, ७ र ८ को वडाध्यक्षमा चेपाङले जित हासिल गरेका हुन् ।

राक्सिराङ ५ को वडाध्यक्षमा माओवादी केन्द्रका चन्द्रसिँह चेपाङ बिजयी भए । राक्सिराङ ६ को वडाध्यक्षमा एमालेका सिंहलाल चेपाङले विजय प्राप्त गरे । वडा नम्बर ७ को वडाध्यक्षमा कांग्रेसका कुलबहादर चेपाङले जिते । वडा नम्बर ८ मा कांग्रेसका रामकृष्ण चेपाङ वडाध्यक्षमा विजयी भए । तर चेपाङले अन्य समुदायकासँग प्रतिस्पर्धा गर्दा वडाध्यक्षमा जित हासिल गर्न सकेनन् । कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका वडाध्यक्षमा उम्मेदवारी दिएका पाँचजना चेपाङ पराजित भए ।

राक्सिराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट युसाई चेपाङले र उपाध्यक्षमा एमालेबाट सुन्तली चेपाङले उम्मेदवारी दिएपनि दुवै पराजित भए । मकवानपुरको चार जना वडाध्यक्ष र ९ जना वडा सदस्यसहित १३ जना चेपाङ गाउँपालिकाको जनप्रतिनिधि बन्न सफल भए ।

प्रकाशित: ५ जेष्ठ २०७४ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App