८ वैशाख २०८१ शनिबार
राजनीति

कीर्तिपुरमा एमाले विजयी, रमेश महर्जन बने मेयर

काठमाडौं— काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ। एमालेका रमेश महर्जन ७३६० मतका साथ विजयी बने। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजकुमार नकर्मीले ६६१५ मत प्राप्त गरे।

त्यस्तै उपमेयरमा एमालेकी सरस्वती खड्का विजयी भएकी छन् । उनले ६८१० र नेपाली काँग्रेसकी जेनिसा महर्जन ६०४३ प्राप्त गरेका छन् ।

एमालेले यो पटक काँग्रेसको गढ मानिएको वडा नम्बर २ मा समेत विजयी पाएको छ।

कीर्तिपुरका १० वडामध्ये १, २, ३, ६, ७ ९ मा एमाले विजयी भएको छ। काँग्रेसले ४, ५, ९ वडा हात पारेको छ।

 

प्रकाशित: ५ जेष्ठ २०७४ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App