८ वैशाख २०८१ शनिबार
राजनीति

कैलाली घटनाका दोषीको मुद्दा फिर्ताले सुरक्षाकर्मीको मनोबल गिरायोः एमाले

काठमाडौं— एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुको विभत्स हत्या भएको कैलाली घटनालाई 'राजनीति'को संज्ञा दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल गिराएको निष्कर्ष एमालेले निकालेको छ। प्रमुख प्रतिपक्षी दल एमालेले मुद्दा फिर्ताले दण्डहीनता संस्थागत गर्ने एवं आपराधिक प्रवृत्तिलाई प्रोत्साहन गरेको भन्दै आपत्ति जनाएको छ।

महोत्तरीमा सशस्त्र प्रहीका असई थमनबहादुर विश्वकर्मालाई एम्बुलेन्सबाट थुतेर लखेटीलखेटी खुकुरी, भाला प्रहर गरी हत्या गरिएको थियो।

‘विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक–पटकका फैसला तथा निर्देशनहरू एवं मानव अधिकारका विश्वव्यापी मूल्य मान्यता विपरितको सरकारको यस्तो निर्णयबाट दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने’, सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'यो निर्णयले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्ने तथा हिंसाका पक्षधरहरू उत्साहित हुने गम्भीर स्थिति सिर्जना भएको छ।'

सरकारको निर्णयले न्यायको पर्खाइमा बसेका पीडित घाउमा नुनचुक दल्ने काम गरेको एमालेको ठहर छ। उसले मुद्दा फिर्ताको निर्णय तत्काल फिर्ता लिन, घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, दण्डहीनता अन्त्य  गर्न तथा मानव अधिकार र विधिको शासनको पालना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

'यो निर्णयले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्ने तथा हिंसाका पक्षधरहरू उत्साहित हुने गम्भीर स्थिति सिर्जना भएको छ।'

बिहीबारको मन्त्रिपरिषदले कैलाली घटनाका मुख्य योजनाकारलाई उन्मुक्ति दिनेगरी थरुहट र मधेस आन्दोलनलाई 'राजनीतिक' आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुलाई खुकुरी र भाला रोपेर हत्या गरिएको थियो। २०७२ भदौ २५ गते महोत्तरी एक घाइते सुरक्षाकर्मीलाई एम्बुलेन्सबाट थुतेर निर्ममतापूर्वक हत्या गरिएको थियो।  

महोत्तरीमा सशस्त्र प्रहीका असई थमनबहादुर विश्वकर्मालाई एम्बुलेन्सबाट थुतेर लखेटीलखेटी खुकुरी, भाला प्रहर गरी हत्या गरिएको थियो। मधेसी मोर्चाको आक्रमणबाट मृत्युको मुखमा पुगेका उनलाई उपचारका लागि जनकपुर लैजादै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। सो घटनाका दोषीलाई सरकारले 'राजनीति'को संज्ञा दिएर मुद्दा फिर्ता लिने निर्णय गरेको हो।

के भएको थियो कैलालीमा?

एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या, २० प्रहरी, २१ सशस्त्र बल घाइते

प्रकाशित: ५ जेष्ठ २०७४ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App